सूचना प्रविधिको माध्यमबाट शैक्षिक प्रतियोगिता



मिसन सामाचारदाता मंसिर २९/ एन प्याब्सन कोहलपुर नगर कमिटीको आयोजनामा कोहलपुरका १० वटा संस्थागत विद्यालयहरु बीच आधारभूत तह अन्तरगतको स्पेलिङ्ग प्रतियोगिता ज्ञानोदय सामुदायिक पुस्तकालयको सभाहलमा मोवाइल एप्समार्फत प्रतियोगिता सञ्चालन गराइएको छ ।
प्रतियोगिताको उद्घाटनमा कोहलपुर नगरपालिकाका शिक्षा विभाग प्रमुख उप सचिव मन प्रसाद रेग्मीले यस्ता प्रतियोगिताहरुले विद्यार्थीहरुमाझ स्वयम् आप्mनो मूल्यांकन गर्न मद्दत पुग्ने भएकाले यस्ता कार्यक्रमहरुले निरन्तरता पाइरहनुपर्नेमा जोड दिए । कार्यक्रमका प्रमुख अथिति समेत रहेका रेग्मीले यस्ता अतिरिक्त कार्यक्रमहरुले विद्यार्थीहरुको सिकाईमा प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।
एन प्याब्सन कोहलपुर नगर कमिटि अध्यक्ष किशोरराज मल्लको सभापतित्वमा सञ्चालन भइरहेको कार्यक्रममा एन प्याब्सन नेपालका केन्द्रीय सचिव कुसुम रानाभाट, एन प्याब्सन प्रदेश नं. ५ का प्रादेशिक सदस्यहरु कमल पछाई, गोविन्द चौधरी, एन प्याब्सनका जिल्ला अध्यक्ष कुबेर बस्नेत, जिल्ला सचिव श्याम कुवर लगायत विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक कर्मचारी लगाएतको उपस्थिति रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ मंसिर २९ गते शुक्रबार