वाम गठवन्धनको राप्तीपारी चुनावी अभियान



कोहलपुर, २ मंसिर/ आसन्न मंसिर २१ गते हुनगइरहेको प्रतिनिधि र प्रदेश सभाको सदस्यको निर्वाचनमा वाम गठबन्धको तर्फबाट बाँके क्षेत्र नं.१ मा प्रतिनिधिसभा उम्मेदवारी दिएका महेश्वर गहतराज (अथक) र प्रदेश सभा १ का उम्मेदवार कृष्णा केसी (नमुना) को मतदाता घरदैलो अभियान शुरु भएको छ । शुक्रबार बाँकेको फेत्तेपुरमा घरदैलो अभियान सँगसँगै जनसभा गरिएको प्रत्रकार प्रदिप वाग्लेले जानकारी दिए ।
उम्मेदवारहरुसँग निर्वतमान सांसद द्वय देव राज भार र दिनेश चन्द्र यादव पनि मतदाताहरुलाई वाम गठवन्धनका उम्मेदवारहरुको पक्षमा मत माग्दै उनीहरुसँगै हिडिरहेका छन् । शुक्रवार वाम गठवन्धनको चुनावी प्रचार अभियानलाई व्यवस्थित गर्न राप्ती सोनारी गाउँपालिकाको फत्तेपुरमा प्रचार
सम्पर्क कार्यलय समेत उद्घाटन गरिएको छ । प्रचार प्रसार समितिका बाँके जिल्ला संयोजक दिनेश चन्द्र यादवले जनताको विकासको चाहाना पुरा गर्न नेकपा एमाले र माओवादी केन्द्र बिच पार्र्टी एकिकरण गर्न हाललाई गठबन्धन गरिएको भन्दै ढुक्क भएर गोलाकार भित्रको हसिया हथौडामा भोट हाल्ल आग्रह गरे ।
कार्यक्रममा बोल्दै क्षेत्र नंम्बर १ का प्रतिनिधि सभा उम्मेदवार महेश्वर गहतराज (अथक) ले बहुमत सहितको स्थिर सरकार बनेपछि मात्रै जनताको विकासको चाहाना पुरा हुने भन्दै वाम गठबन्धनका उम्मेदवारलाई बिजयी गराउन मतदाताहरुसँग अनुरोध गरे । उनले सुगम जिल्लाको विकट क्षेत्रका रुपमा रहेको राप्ती सोनारी र नरैनापुर गाउँपालिको डुवान कटान लागायत अन्य विकास निर्माणको आवश्यकता पुरा गर्न लाग्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।
यस्तै प्रदेश सभा सदस्य उम्मेदवार कृष्णा केसी (नमुना) ले आफु राप्ती क्षेत्रको समस्या बारे जानकार रहेको भन्दै सोको समाधानका लागि लागिपर्ने प्रतिवद्धता जनाइन् । फत्तेपुरमा भएको कार्यक्रममा थारु समुदाय तथा गंगापुरमा भएको कार्यक्रममा मुस्लिम तथा मधेसी समुदायका अगुवाहरुले संघ र प्रदेश सभामा वाम गठबन्धका उम्मेदवारलाई विजयी गराउन सहयोग गर्ने बताएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७४ मंसिर २ गते शनिबार