इन्डियाज् नेक्स्ट टप मोडलको TOP 6 मा परेकी सविता कार्कीको हट अवतार




मज्जाको बुटवल १२, मंसिर

इन्डियाज् नेक्सट टप मोडल सीजन ३’ मा सहभागि नेपाली मोडल सविता कार्कीको उपाधि दौड यात्रा सफलता पूर्वक अघि बढिरहेको छ। गत २५ नोभेम्बरमा प्रशारण भएको श्रृङ्खलाको परिणाम अनुसार सविता कार्की अन्तिम ६ मा पर्न सफल भएकी छिन्। उनी संगै दिल्लीका परिना चोपडा र इभा आरियो, अहमदाबादकी रिया सुबोध, मुम्बईकी आकांक्षा कोर्दा र पुणेका स्वेता राज अन्तिम ६ मा परेका छन्।

मोडलिङ संग सम्बन्धीत विभिन्न टास्क, च्यालेन्ज एवं फरक फरक थिम आधारित फोटोसुटको प्रस्तुतिको आधारमा सहभागिहरु एलिमिनेट हुँदै आइरहेका छन्।

सहभागिहरुको प्रस्तुतिको मुल्यांकन गर्ने अविभारा कार्यक्रमका निर्णायकहरु अभिनेत्री मलाइका अरोरा, मोडल एवं अभिनेता मिलिन्द सोमन र फेसन फोटोग्राफर डब्बु रतनानीको काँधमा छ। १४औ श्रृङ्खला अन्तर्गत प्रतिस्पर्धा हुने इन्डियाज् नेक्स्ट टप मोडलको सिजन ३ गत अक्टोबर २१ तारिखमा प्रिमियर भएको थियो। जसमा नेपालकी सविता कार्की लगायत १६ जना प्रतिस्पर्धीहरु सहभागि थिए।

नेपाल फेसन सप्ताह देखि क्लासिक डायमन्ड ज्वेलर्सको टाइमलेस पारागन ज्वेलरी फेसन शो जस्ता वृहत् ¥याम्प शोमा विरालो चालमा यात्रा तय गरिसकेकी सविता, आइसी डिजाइनर्स रनवे, खाडी शो नेपाल, सुर्या साडीज् फेसन शो लगायतका कहलिएका फेसन कार्यक्रममा देखा परिसकेकी सुन्दरी हुन् ।

पाँच फिट ८ इन्च अग्लो स्लीम फिगर भएकी काठमाडौंकी २३ वर्षिया सविताको सेक्सी सौन्दर्यले टीएनएम, एम एण्ड एस भिम्याग इन्सिगनिया, वाउ, इसिएस लिभिङ, टिजिआइएफ जस्ता म्यागाजिनहरुको शोभा बढाइसकेको छ।

 

इन्डियाज् नेक्स्ट टप मोडल मोडलिङमा आधारित रियालिटी टि.भि.शो हो जसको पहिलो सिजन सन् २०१५ जुलाई १९ मा प्रिमियर भएको थियो। यो शो अमेरिकाज् नेक्स्ट टप मोडलको भारतीय स्वरुप हो।

Sharing is caring!

प्रकाशित मिति : २०७४ मंसिर १३ गते बुधबार