26 April 2024  |   शनिबार, बैशाख १५, २०८१

विष्फोटक पदार्थका अभावले सडकको ट्रयाक खोल्ने कार्य रोकियो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, अशोज २१, २०७४  

हुम्ला,२१ असोज /  विस्फोटक पदार्थको अभावले गर्दा कर्णाली करिडोर अन्र्तगतको सिमकोट हिल्सा सडकखण्ड असोज महिनाभत्रि प्रारम्भिक ट्रयाक खोल्न कार्य पुुरा नहुुँने भएको छ ।
नेपाली सेनाले अझै दुुई महिना सम्म विष्फोटक पदार्थ दिन नसकिने वताए पछि यस अघि सिमकोट हिल्सा सडक आयोजनाले असोज महिना भित्र प्रारम्भिक ट्रयाक खोल्ने कार्य पुुरा नहुने भएको हो ।
विष्फोटक पदार्थ दिन नेपाली सेनाले ढिलो गर्दा निर्धारित समयमा सिमकोट हिल्सा मोटर वाटोको ट्रयाक खोल्ने कार्य पुरा गर्न नसकिएको सिमकोट हिल्सा सडक आयोजनाका इन्जिनियर विजय कुमार थापाले बताए ।
समयमै विष्फोटक पर्दाथ आएको भए सिमकोट हिल्सा सडकखण्डको चार सय मिटर चट्टान फुटाउन सकिने तर विष्पोटक पदार्थको अभावले काम अगाडि बढाउन नसकिएको ईन्जिनियर उनले बताए । अव साढे ६ किलो मिटरको मात्र ट्रयाक खोल्न बाँकी रहेकोमा ६ किलो मिटरमा हेक्पा खोलावाट काम सुुरु भइरहेको र यो पुरा भए बे्रकर लिएर चार सय मिटर चट्टान फुटाउने प्रयास गरिने पनि उनले बताए । हाल सिमकोटदेखि हेक्पा खोलासम्म १३ किलो मिटरमा गाडी आवतजावत गरिरहेका छन भने हिल्सावाट सल्लीसम्म तुुम्कोटको पुुल बनेपछि ५३ किलो मिटरमा सहजै गाडी आवतजावत हुने इन्जिनियर थापाले बताए । हाल सल्लीदेखि ढाँडकेर्मी विचको १९ किलो मिटर वाटोको निर्माण कार्य भइरहेको आयोजनाका ईन्जिनियर विजय कुमार थापाले बताए ।

 

प्रकाशित मितिः शनिबार, अशोज २१, २०७४     9:00:23 PM  |