23 October 2021  |   शनिबार, कार्तिक ६, २०७८

कोहलपुर-गड्डाचौकी रेलमार्गको डीपीआर निर्माण सुरु, चीनियाँ र कोरियाली कम्पनीले पाए जिम्मा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, अशोज १६, २०७४  

 

कोहलपुर देखि गड्डाचौकीसम्म रेलमार्ग निर्माणको लागि डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) निर्माण कार्य सुरु भएको छ। कोहलपुर देखि सुख्खड सम्म पहिलो खण्ड र सुख्खड देखि गड्डाचौकी सम्म दोस्रो खण्ड बनाई डीपीआर निर्माण कार्य अघि बढाएको रेल विभागका प्रवक्ता प्रकाश भक्त उपाध्यायले जानकारी दिए।

पहिलो खण्ड कोहलपुर-सुख्खडको डीपीआर निर्माणको जिम्मा चीनको परामर्शदाता कम्पनी चाइना रेलवे सियुयान एण्ड डिजार्इ ग्रुप र नेपालको ईआरएमसी सर्भिस प्रा.ली.लार्इ दिईएको छ।

त्यसै गरि दोस्रो खण्ड सुख्खड-गड्डाचौकीको डीपीआरका लागि कोरियाको परामर्शदाता कम्पनी पियुङीगवा र इन्जिनियरिङ कन्सलटेन्ट सहित तीनवटा कम्पनीलाई जिम्मा दिएको विभागले जनाएको छ।

कोहलपुर-सुख्खडको दुरी ९५ किलोमिटर र सुख्खड-गड्डाचौकी ९४ किलोमिटर गरि रेलमार्गको कुल दुरी १ सय ८९ किलोमिटर रहेको छ।

दुबै खण्डको डीपीआर गत साउन देखि सुरु गरेर १५ महिनाभित्र सम्पन्न गरि विभागलार्इ बुझाउने सहमती भएको उपाध्यायले जानकारी दिए।

पूर्व-पश्चिम रेलमार्गको डीपीआर अर्को वर्ष
पूर्व-पश्चिम विद्युतीय रेलमार्ग निर्माणका लागि २०७५ मंसिरसम्ममा डीपीआर निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम भैरहेको उपाध्यायले जानकारी दिए।

बर्दिवास –सिमरा १ सय ८ किलोमिटर, सिमरा-तानसरिया १ सय २७ किलोमिटर, तानसरिया-बुटवल ६४ किलोमिटर गरि २ सय ९९ किलोमिटरको डीपीआर तयार भएको रेल विभागले जानकारी दिएको छ।

बर्दिबास-इनरुवा १३७ किलोमिटर, इनरुवा-काकडभिट्टा १०३ किलोमिटर सम्मका लागि डीपीआरको काम भैरहेको छ।

त्यसै गरि बुटवल-लमही १ सय १५ किलोमिटर, लमही-कोहलपुर १ सय २ किलोमिटर, कोहलपुर-सुखड ९५ किलोमिटर, सखड-गड्डाचौकी ९४ किमी गरि कुल ४०६ किमीमा सम्झौता भएर काम अघि बढेको प्रवक्ता उपाध्यायले जानकारी दिए।

कुल ९४५ किलोमिटर लम्बार्इ भएको पूर्व-पश्चिम रेलमार्गका लागि कुल लागत ६९ अर्व ५२ करोड रुपैयाँ अनुमान गरिएको छ।

वन क्षेत्रमा आयोजना निर्माण स्विकृतिमा ढिलार्इ, जग्गा अधिग्रहण, रेखांकन तथा मुअब्जा विवाद र देशमा रेल मार्गसँग सम्बन्धित दक्ष जनशक्तिको अभाव लगाएतका कारणले रेलमार्ग निर्माणमा ढिलार्इ हुने गरेको विभागका अधिकारीहरु बताउछन्।

(ई–नेपाल पोष्टबाट साभार)

प्रकाशित मितिः सोमवार, अशोज १६, २०७४     7:24:44 PM  |