कैलाली ।
मंसिर २२ गतेदेखि सुरु हुने ‘सुदूरपश्चिम महोत्सव’को टिकट अब इसेवामार्फत काट्न सकिने भएको छ । टिकट काट्न लामो लाइनमा बस्ने झन्झट हटाउन कैलाली उद्योग वाणिज्य संघले डिजिटल माध्यमबाट टिकट बिक्री सुरु गर्ने तयारी गरेको हो । संघका कार्यकारी अधिकृत दिनेश ओझाले महोत्सवका लागि इसेवालाई अफिसियल टिकट पार्टनरका रूपमा चयन गरिएको जानकारी दिए ।
‘अब दर्शकले घरमै बसेर सहज रूपमा टिकट किन्न सक्छन्,’ ओझाले भने । महोत्सवको अफिसियल पाटनर शिखर इन्स्योरेन्स रहेको समेत जानकारी दिए । यसैबीच, महोत्सवस्थल निर्माण कार्य करिब ५० प्रतिशतसम्म सम्पन्न भइसकेको छ ।
अहिलेसम्म करिब ८० प्रतिशत स्टल बुकिङ पनि पूरा भइसकेको संघले जनाएको छ । कैलाली उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको सुदूरपश्चिम महोत्सवमा व्यापार, पर्यटन, संस्कृति र मनोरञ्जनसम्बन्धी विविध कार्यक्रम रहनेछन् ।









प्रतिक्रिया दिनुहोस्