खजुरा (बाँके) ।
बाँकेको खजुरा गाउँपालिकाले आजदेखी व्यवसाय दर्ता तथा नवीकरणका लागी घुम्ती शिविर सञ्चालन गर्ने भएको छ । खजुरा गाउँपालिकाको आव २०८२–०८३ को स्वीकृत नीति तथा कार्यक्रम कार्यान्वयन गर्न जनताको घरदैलोमा सेवा पु¥याउने लक्ष्य बमोजिम पालिकाको व्यवसाय कर सम्बन्धि कार्यविधि, २०७७ को दफा ३ अनुसार नवीकरण गर्नुपर्ने व्यवस्था अनुरुप अभियान नै सञ्चालन गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलले जानकारी दिए ।
अपाङ्गता भई व्यवसाय गर्नेहरूका लागी घुम्ति शिविर अवधिभर दर्ता नवीकरणवापत लाग्ने रकममा ५० प्रतिशत छुटको व्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत पौडलले जानकारी दिए । पालिकाले ९ दिनसम्म व्यवसाय दर्ता नवीकरण गर्न घुम्ती शिविर सञ्चालन अभियान सुरु गर्नेछ ।
पालिकाले आज मंसिर ४ गते बिहीबार १ नम्बर वडा कार्यालयमा, ५ गते शुक्रबार सीगाउँ स्कुल परिसर, ७ गते आइतबार सिमलघारी, ८ गते सोमबार ७ नम्बर वडा कार्यालय, ९ गते मंगलबार ४ नम्बर वडा कार्यालय, १० गते बुधबार ८ नम्बर वडा कार्यालय, ११ गते बिहीबार ५ नम्बर वडा कार्यालय, १२ गते शुक्रबार वडा नम्बर २ को स्वास्थ्य चौकीको कार्यालय र मंसिर १४ गते आइतबार गाउँपालिकाको कार्यालयमा सञ्चालन हुने जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्