जुम्ला ।
जिल्लामा उच्च मूल्य कृषिवस्तु उत्थानशील कार्यक्रम (आर–एचभीएपी) करिडोर कार्यालयको उद्घाटन गरिएको छ । यो कार्यालय कर्णाली प्रदेश सरकारद्वारा सञ्चालन हुने महत्वकांक्षी कार्यक्रम हो । उक्त परियोजनाको कार्यालय कर्णाली प्रदेश सरकारका कृषि मन्त्री विनोद कुमार शाहले बुधबार उद्घाटन गरेका हुन् ।
जुम्ला पुगेका कृषि मन्त्री शाहले तीन जिल्ला कार्यक्षेत्र हुने गरी जुम्लामा करिडोर कार्यालयस्थापना भएको जानकारी दिए । नयाँ परियोजना सञ्चालनले कर्णालीको तरकारी, फलफूल, पशुपालन, दूग्ध विकासका लागि उल्लेखीय काम गर्ने उनले बताए । परियोजना सफल बनाउन र अपेक्षित उपलब्धी हासिल गर्न सबैको समन्वय, सहकार्य हुन जरुरी रहेको मन्त्री शाहको भनाइ छ ।
यस्ता परियोजना आउनेजाने क्रम चलिरहने भएकाले स्याउ विकास बोर्ड पनि जुम्लामै कार्यालय रहनेगरी गठन हुने उनले बताए । आ–एचभीएपी करिडोर कार्यालय जुम्लाका प्रमुख सन्तोष भारतीका अनुसार यस परियोजनाले अबको सात वर्ष जुम्लाको तातोपानी र गुठिचौर बाहेक ६ पालिकामा कृषि क्षेत्रमा काम गर्नेछ । उनका अनुसार जिल्लामा एक अभिमुखीकरण कार्यक्रम आयोजना गरी परियोजनाले गर्ने कामबारे विस्तृत जानकारी गराइने तयारी छ ।









प्रतिक्रिया दिनुहोस्