1 May 2024  |   बिहिबार, बैशाख २०, २०८१

संयूक्त जग्गा धनी पुर्जा विषयमा छलफल

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, भदौ २६, २०७४  

बर्दिया, २६ भदौ, बर्दियाको बाँसगढीमा संयुक्त जग्गा धनी पुर्जा विषयमा छलफल गरिएको छ । जिल्ला भुमि अधिकार मञ्च बर्दियाले आइतबार बाँसगढी नगरपालिका वडा नम्बर ४ र ५ लक्ष्मणपुरमा एक कार्यक्रमको आयोजना गरी संयुक्त जग्गा धनी पुर्जाका विषयमा जानकारी मुलक छलफल गरेको हो । ‘‘आधा पुरुष आधा नारी जमिनमा हक बराबरी’’ भन्ने नारा सहित भूमि अधिकार मञ्चले बर्दिया जिल्लाका बिभिन्न ठाँउहरुमा संयुक्त पुर्जाका विषयमा निति प्रक्रिया र जानकारी, ईच्छुक संयुक्त लालपुर्जा बनाउने जोडीहरुलाई सहयोग र सहकार्य गर्दै आएको छ ।
कार्यक्रममा जिल्ला भूमि अधिकार मञ्चका जिल्ला संयोजक होमेन्द्र थापाले संयुक्त लालपुर्जाको निति, प्रक्रिया, महत्व र फाइफाका बारेमा सहजीकरण गरेका थिए । कार्यक्रमलाई सहजीकरण गर्दै थापाले संयुक्त पुर्जा बनाउँदा सम्पतिको सुरक्षा, घरपरिवारमा मेलमिलाप, बहुविवाहमा कमी, महिलाहरु पनि वित्तिय कारोबार गर्न सक्षम हुने, समाजमा मानसम्मान र पहिचान बढ्ने, उत्पादनमा वृद्धि र भविष्यको लागि सरल र सहज हुने कुरामा जोड दिए । कार्यक्रममा सहभागी बरघर रतिराम थारु, बुद्धिराम चौधरी, जस्विन डाँगी (क्षेत्री ) भागिरथ थारुले संयुक्त लाल पुर्जाको बारेमा जानकारी पाँए सँगै आफुहरुले पनि संयुक्त पुर्जा बनाउने प्रतिबद्धता सहित आफनो नाम भुमि अधिकार मञ्चलाई दिएका छन । छलफल कार्यक्रममा संयुक्त पुर्जाका बारेमा आफुले पाएको जानकारी गाँउ घरका अन्यलाई जानकारी गराउने मात्रै नभए संयुक्त पुर्जा बनाउने तर्फ अग्रसर गराउने समेत बताएका थिए । कार्यक्रममा बाँसगढी नगरपालिका वाड न ४ र ५ का करिब ३० जनाको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः सोमवार, भदौ २६, २०७४     12:08:27 PM  |