‘अपरिचित अनुहार’ का परिचित मान्छे



‘अपरिचित अनुहार’ पछिल्लो समय निकै चर्चामा रहेको परिचित कथाकारको कथा सङ्ग्रह हो । कविता लेखन तथा समालोचनाको क्षेत्रमा राम्रो पहिचान बनाएका महेश पौड्यालको ‘अपरिचित अनुहार’,‘अनामिक यात्री (कथा सङग्रह), ‘तादी किनारको गीत’ (उपन्यास), आमा नहुँदा एक साँझ (नाटक), सपनाको पुल (बालकथा सङग्रह),शून्य प्रहरको साक्षी (कविता सङग्रह), ‘त्यसपछि फुलेन गोदावरी’ (कथा सङग्रह) जस्ता साहित्यिक कृतिहरू पछि प्रकाशित कथा सङ्ग्रह हो । सामाजिक यथार्थताको धरातलमा रहेर कथा लेख्न मन पराउने कथाकार पौड्याल सामाजिक यथार्थवादी कथाकार हुन् । उनले समाजका मसिना विषयवस्तुलाई टिपेर मार्मिक कथा लेख्न सक्छन् ।

     सुमित्रा न्यौपाने
महेश पौड्याल लेख्नैका लागि मात्रै लेख्दैनन् । उनका कथाहरूमा समस्याहरू औलाउने मात्रै काम हुदैन बरु समस्याहरूको सामधान खोज्नुका साथसाथै परिवर्तन र सुधारका आग्रहहरू गरिएको हुन्छ । यो कथा सङ्ग्रह पढीसकेपछि महेश पौड्यालका कथाहरू सामाजिक परिवर्तनका लागि लेखिएका कथाहरू हुन् भनेर भन्न सकिन्छ । सामाजिक, आर्थिक, लैङ्गिक विभेदहरूको विरुद्धमा उनी खरो उत्रिएका छन् ।
महेश पौड्यालले समातेका हरेक पात्रहरू जीवन्त जस्ता लाग्दछन् । नारीलाई मुख्य पात्र बनाएर लेखिएका उनका कथाहरू पढ्दै गर्दा उनले नारीहरूलाई निकै सम्मान गर्दछन् भन्ने अड्कल गर्न सकिन्छ । उनले प्रयोग गरेका नारी पात्रहरूका आधारमा पौड्याललाई नारीवादी कथाकारका रुपमा उभ्याउन सकिन्छ । सरल सहज भाषाको प्रयोग रुचाउने पौड्यालले हरेक कथामा पात्रहरूको संवादलाई प्राथमिकतामा राखेका छन् ।

‘अपरिचित अनुहार’भित्र सङग्रहित कथाहरू कुनै भन्दा कुनै कम भए जस्तो लाग्दैन । यस सङ्ग्रहमा सङ्ग्रहित केही कथाहरूले उठाइएका विषयवस्तु, मुलभाव तथा सन्देशहरूलाई हेर्दा उनका कथाहरू समय सान्र्दभिक रहनुका साथै युगान्तकारी रहेको अड्कल गर्न सकिन्छ ।
बार्दलीमा एउटा अनुहार
‘बार्दलीमा एउटा’ अनुहार कथा सङग्रहमा रहेको पहिलो कथा हो । समाजमा हेपिएका पात्रहरु यो कथामा अटाएका छन् । अपांग नारी पात्र र गाडी चालकको वरिपरि कथा घुमेको छ । मान्छेको मन जब एक ठाउँमा अडिन्छ तब पटकपटक त्यही ठाउँमा अडिने मन गर्छ । मान्छे स्वभावैले स्वार्थी हुन्छ तर सबै मान्छे स्वार्थी हुँदैनन्, भाडा उठाउँदा कठोर व्यवहार देखाउने गाडीवालासँग पनि साँचो माया हुँन्छ । मान्छेको रुप र अनुहार हेरेर प्रेम गर्नेहरूले साँचो माया गर्न सक्दैनन् । सच्चा प्रेम गर्नेसँग अचम्मको दृढता हुन्छ त्यही दृढताका कारण परिवार, साथीभाइ र सारा दुनियाको वेवास्ता गर्दै आफ्नो प्रेमलाई साकार बनाउँछन् ।

अत्यन्तै निश्च्छल अनुहारकी अप्सरा बार्दलीमा देखेपछि प्रेममा परेका ड्राइभरले उनको अपांगताको जानकारी पाएपछि त्यो बाटो हिड्नु त के पेशा परिवर्तन गरिदिन्छन् । उनको साथमा हिड्ने गरेको सहचालकले गुरुको प्रेम महसुस गरेका हुन्छन् । उनको बारेमा पत्ता लगाउँछन् । गुरुले अप्सरालाई छोड्नुको कारण बुझ्छन् । उनलाई भेट्न पुग्छन् । प्रेम गर्छन् र वैवाहिक जीवनमा बाँधिन्छन् । बाबु बन्ने संकेतबाट खुसी भएको कुरा कथाबाट प्राप्त हुन्छ । त्यसैगरी यस कथामा कथाकारले गाडीवाला÷गाडी चालकको चरित्र चित्रण बडे मिठोसँग गरेका छन् । प्यासेन्जर कम भए मन लागेको ठाउँमा गाडी रोक्ने र अर्को गाडीमा चढ्न कर गर्ने । प्यासेन्जरको हतारोको पर्वाह नगर्ने । आफूलाई मन लागे जुनसुकै ठाउँमा गाडी रोक्ने तर यात्रुलाई दिसा पिसावले अत्याए पनि गाडी नरोकेर आलटाल गर्दै अगाढि बढ्दै रहने गाडीवाला÷गाडी चालकको प्रवृतिको चर्चा गरेका छन् । कथामा यात्रु र गाडीवालाको भनाभन समेत देखाइएको छ जसले कथालाई रोचक बनाएको छ ।
मृगनयनी
मृगनयनी दृष्टिबिहीनहरूको कथा हो । यो कथा पढिसकेपछि दृष्टिबिहीनहरूप्रति सम्मान जागेर आउँछ । असली दृष्टिबिहीन हामी पो हौ कि जस्तो लाग्छ । कथाकारले हामीले बोल्ने प्रत्येक शब्दमा संयमता हुनु जरुरी छ । हामीले बोलेका सबै शब्द सबैका लागि मान्य हुँदैनन् । अपांग व्यक्तिभित्र आफ्नो छुट्टै संसार हुन्छ जुन संसार हामीले देख्नु त परैको कुरा भयो, कल्पना गर्न पनि सक्दैनौं ।
वास्तविक दृष्टिविहीनहरू मनले देख्छन् । छोएर महसुस गर्छन्, शब्दले बुझ्छन्, सुखद कल्पना गर्छन् र त्यसैमा रमाउँछन् । दृष्टिविहीनहरूको सुखद संसारमा उनीहरूले कल्पना नगरेको विषयवस्तु राखिदिएर दुखी बनाउने काम हामीले गरिरहेका हुन्छौं । सुख दिन नसक्नेलाई दुःख दिने अधिकार पनि हुँदैन । हामी विचारले दृष्टिविहीन छौं भनें आँखा भएर पनि जीवनको रङ देख्न सक्दैनौं । त्यसैले उनीहरूको भावनासँग पटकपटक खेलबाड गरिरहेका हुन्छौं । मृगनयनी कथामा कथाकारले दृष्टिबिहीन पात्रको माध्यमबाट उनीहरु वास्तविक जीवनमा दुखी हुँदैनन् तर हामीले हाम्रा कुरा उनीहरुसँग गरेर दुखी बनाउँछौं ।
यो कथाभित्र मन परेका केही हरफहरु ः–
बालबालिकासँग कुरा गर्दा विचार र वादको छाँया नपरेका निर्दाेष कुरा आउँछन् । त्यस्ता विचार प्रायः वैश्विक र सार्विक हुन्छन् ।
– गरिबीको तुसारोले घरमात्रै होइन, बालबालिकाको सपनाको बाली पनि खाइरहेको छ– कुटुकुटु ।
– राम्रो लेखक हुनलाई अभिमान घटाउनु जरुरी छ । विनम्रता बढाउनु जरुरी छ । हामी लेखक भावनाका किसान हौं । अरुको भावना टिप्छौं । विनम्रताविना ह्रदयमा पस्न सकिदैन ।
– यो रङ्गको कुरा हाम्रो दिमागमै छैन तपाईंहरू हाल्दिनुहुन्छ र दुख्न सिकाउनु हुन्छ ।
– रातो अथवा सेतो भन्नू हाम्रा लागि केवल आवाज हो । ध्वनि हो । रङ होइन । हामीलाई त्यस आवाजले दुखाउँदैन । कहिल्यै नदेखिएको स्वर्ग वा नर्कको बयानले तपाईंलाई के फरक पार्छ ?–––आदि आदि ।
सतही रुपमा अध्ययन गरेकै भरमा कृति निकाल्न हतारिने र जसको लागि लेखिएको हो उनैको प्रतिक्रिया नलिई उत्कृष्ट कृति ठानेर पुरस्कृत गर्ने मान्छेहरूको आम प्रवृत्तिको कथा हो ‘मृगनयनी’ । कथाको अन्त्यमा पुरस्कार प्राप्त गरेको उपन्यास ‘मृगनयनी’ का लेखक ‘प्राञ्जल’ ले आफ्नो अल्प ज्ञानको आत्ममुल्यांकन गर्दै प्रायश्चित्त स्वरूप पुरस्कार ग्रहण गर्न नगई नदीमा पुस्तक च्यातेर मिल्काएको प्रसङ्ग जोडेर कथालाई न्याय दिने गरी टुङ्गो लगाएका छन् ।
उपहार
अपरिचित अनुहारको अर्को कथा हो ‘उपहार’ । यो एउटा टोलको कथा हो । जसले आधुकि समाजको प्रतिनिधित्व गर्दछ । हामी बस्ने समाजमा धेरै थरिका मानिसहरू बसोबास गर्छन् । उनीहरूको दैनिक जीवनसँग तमाम मानिसहरू जोडिन्छन् । एउटै टोलमा भएर पनि घरहरू टापुजस्ता र मान्छेहहरू अन्जानजस्ता देखिएका छन् । यो कथा पढ्दा लाग्छ यो कथाले हामीहरू बस्ने समाजको प्रतिनिधित्व गरेको छ । बसाइसराइको क्रममा घर जोडिए पनि मन नजोडिएका तमाम मानिसहरू एकै टोलमा बस्छन् । बिहे पूजा आदिमा एक अर्को घरमा मिसिदैनन् ।
बिहेमा मिसिन नसकेका ती तमाम परिवारहरूलाई एक अबोध बालकको कारण मिसिएको देखाउँदै सुखद अन्त्य गराएका छन् । बालक आपूm घर छोडेर जाने क्रममा परिवारलाई समाजसँग मिलाएर अनुपम उपाहार छोडेर गएको छ । पारस्परिक सम्बन्ध जोड्नका लागि अहिले हरेक शहर, बस्ती र टोलटोलमा उपहारको नायक पात्र बालक चाहिएको छ ।
आवाजहरू
‘आवाजहरू’ मानवतावादी कथा हो । यो कथाले मानवीय संवेदनालाई बोकेको छ । मानिस सामाजिक प्राणी भएर नै होला उसँग चाहेर वा नचाहेर विभिन्न किसिमका आवाजहरु ठोक्किन आइपुग्छन् । हरेक आवाजभित्र जीवन हुन्छ । मानिस आवाजबाट कहिल्लै भाग्न सक्दैन । लेखक होस् वा जोगी सबै आवाजमा आएर रोकिन्छन् । त्यसैले मान्छेलाई आवाजभित्र नै खोज्नुपर्छ । हल्लाभित्रका मान्छेहरूको आवाज संगीतको रुपमा सुनेर ग्रहण गर्ने, त्यही संगीतको तालमा आपूm पनि हिड्ने गर्नुपर्छ । मानव कल्याणका लागि हिड्ने हरेकले मान्छेकै भिडमा फर्कनुपर्छ, ठूलाको मात्र होइन भुँइमान्छेहरूको कथा समेत लेख्नुपर्छ भन्ने सन्देश दिएका छन् । एकाग्रमा बसेका सिद्र्धाथको कथा लेख्दा विभिन्न आवाजबाट भागेको लेखक होस् या जीवनदेखि वैराग लागेर भागेको जोगी होस् अन्तमा आवाजमै आएर बाँकी जीवनको कल्पना गराएर कथालाई चोटिलो बनाएका छन् ।
अभिमन्यु
‘अभिमन्यु’ एक सैनिकको कथा हो । नेपाली विरताको कथा हो । यस कथामा लामो समय सैनिक सेवामा कार्यरत ‘अभिमन्यु’को मनोविज्ञानलाई मर्मस्पर्सी तरिकाले चित्रण गरिएको छ । मानिस जुन परिस्थितिमा आपूmलाई पूर्ण रुपले समाहित गराउँछ त्यो दुनियाबाट भागेर बाँच्न सक्दैन । मन र रगतमा सैन्य प्रभाव परेको अभिमन्युको सैनिक जीवन अमरगढी पुगेर मात्र अडिएको छ । औषधिले बचाउन नसकेको घाइते अवस्थाको अभिमन्युलाई बन्दुको गोली र पड्केको आवाजले बचाउने प्रयत्न गरेको छ । युद्ध उसको अतृप्त चाहाना हो । आफ्नो चाहानाबाट ऊ कसैगरी पनि भाग्न सक्दैन ।
मानिसको मन अचम्मको हुन्छ । मनले स्वीकारेका हरेक विषयवस्तु उसका लागि खास हुन्छन् । तर त्यो कुरा अरुले बुझ्न सक्दैनन् । परिवार, छिमेकी आफन्त भनेका बाँच्नका लागि सहयोगी मात्र हुन् । बचाउने त आपूm स्वयंम हो । त्यसैले थोपरिएको वैज्ञानिक उपचारले मात्र बिरामी निको बन्न सक्दैन । उसको मनमा के छ ? ऊ के चाहान्छ ? भन्ने कुरा बुझेर उपचार ग¥यो भने मात्र उसलाई बचाउन सकिन्छ भन्ने सन्देश समेत कथाले दिएको छ । नेपाल, भारत र पाकिस्तान तीनवटा छिमेकी राज्यको लडाइका कुराहरु पनि कथामा छन् । यी प्रसङ्गले कथालाई झनै रोचक बनाएको छ ।
बगर
‘बगर’ सामाजिक कथा हो । यो कथाले सामाजको मनोविज्ञानलाई मिहीन तरिकाले विश्लेषण गरेको छ । हामी अनुहारको सुन्दरता हेर्ने बानी परेका छौं । कुरुप मान्छेभित्र पनि सुन्दर मन हुन्छ । हामीले बाहरी आवरण हेरेर भित्री गुदोको अनुमान गरिरहेका हुन्छौं । वास्तविकता भन्दा टाढा भित्री मन बुझ्न सकेका हुँदैनौं । हरेक कुरुपहरुभित्र पनि मायाको महासागर हुन्छ । यस कथामा मायाले भरिएको कुरुप ‘अग्ले’ पात्रले आफ्ना सन्तानको सुख प्राप्त गर्न सक्दैन । गोलीका छर्राले अनुहार कुरुप भएपछि श्रीमती र सँगसँगै सन्तान टाढिन्छन् । त्यसपछि उसले अरुका सन्तानलाई हेर्ने, खुशी हुने र सन्तान सुख प्राप्त गर्ने प्रयत्न गर्छ । कुरुप अनुहार देखेर नजिक नपर्ने बालकहरूलाई च्याप्प समात्छ र बोकेर दौडिन्छ , मिठाइ दिन्छ तर कुनै दुव्र्यवहार गर्दैन । बरु यसैमा सन्तान सुखको प्यास मेट्छ ।
यो कथाको पात्र अग्ले पीडित छ । समाजले परिवारबाट टाढा बनाइएको छ । पीडित र विक्षिप्त बाबुको अतित बुझ्ने र सम्झने कोशिष सामजले कहिल्यै गर्दैन । जसरी बगरको कुरा कसैले गर्दैन । बगर बनेकाहरूको दुःखमा कोही पनि सहभागी हुन सक्दैनन् ।
यो कथा व्याङ्गात्मक कथा पनि हो । यस कथामा कथाकारले सरकारी स्कुलमा पढाउने शिक्षकलाई चोटिलो व्यङ्ग्य गरेका छन् । आपूm र आफ्नो विद्यालयमाथि विश्वास नगर्नेहरूलाई व्यङ्ग्य गरेका छन् । आफुले अर्काका सन्तान पढाउने र आफ्ना सन्तान् नीजि विद्यालयमा पढाउने गरेकोहरूलाई व्यङ्ग्य गरेका छन् ।
दुई मृत्यु
‘दुई मृत्यु’ कथामा कथाकारले जीवनको यथार्थलाई कथाको विषयवस्तु बनाएका छन् । सन्यासीले जीवन र मृत्यु बुझेका हुन्छन् । मर्नु निश्चित छ भन्ने पक्का भएपछि केही उत्तम काम गर्नुपर्छ भन्नेमा दृढ हुन्छन् । हामी आम मानिस लोभी हुन्छौं । हामीलाई हाम्रो माया लाग्छ तर सन्यासीहरू फरक हुन्छन् । मन्दाकिनीको रौद्र रुपमा परेका सुटबुटवाला धनाड्य व्यापारी र पलाष्टिको पोकोमा उनीको बर्को बेरेर शरीर धोतीमात्र लगाएको गरिब सन्यासीलाई ठूलो चट्टान माथि एक अर्काको हात समातेर उभ्याइदिएका छन् कथाकारले । एउटा साधारण मान्छे र जोगी सन्यासीको ज्ञान र विचार फरक हुन्छ । धनी व्यापारीले गेटमा छोडेको ल्यापटप, क्यामेरा, घडी, माला आदि सुरक्षाकर्मीसँग भएको सम्झदै गर्दा सन्यासीले किनारमा एक्लै रोएको बालकसँग कसरी आफ्नो ओभानो च्यादर पु¥याउनु भनेर सोचिरहेको हुन्छ । एउटा बालकको जीवन तिनै सन्यासीको कारण बचेको छ । जतिसम्म बाँचिन्छ अरुको कल्याण गर्नुपर्छ भन्ने सन्देश यस कथाको सार रहेको पाइन्छ ।
दुर्ग
‘दुर्ग’ शीर्षकको कथा कोशी किनारका पहाडी र मधेसी बालबालिकाको कथा हो । मिश्रित समुदायका बालबालिकाहरुले कोशी किनारमा खेल्नका लागि बनाएको बाल राज्य र राजदरबारमा खलनायकको रुपमा पसेका किसन काका प्रवेश गर्छन् । उनले बाल मस्तिष्कमा राखिदिएको दुर्ग शब्दको प्रवेशले बालबालिकाको मित्रता र एकतामाथि धावा बोल्छ । एकैछिन बाल साम्राज्य सकिन्छ । त्यसैले बालबालिकालाई हामीले दिने संस्कार र शिक्षाले उनीहरु अगाडि बढ्ने बाटो तय हुन्छ भन्ने कुरा यस कथामा छ ।
डबल पेन्सन
‘डबल पेन्सन’कर्मचारीसँग जोडिएको कथा हो । यो कथा निकै मार्मिक छ । वर्तमान समयको चित्रण राम्रोसँग गरेको छ । जागिरबाट जीवनभर कमाएको पैसाले मानिसले घरबास मात्र जोहो गर्न सक्छ । पैसा र सम्पत्तिको रवाफ देखाउँदै गाउँलाई लत्याएर शहर पसेकाहरूले तनावबाट सृजित उपाहार रोग पाएका हुन्छन् । शहरमा आलिसान घर भएपनि मृत्युपछि मलामीका लागि गाउँ जानै पर्ने कुराले कथामा मन छियाछिया हुन्छ ।
उपलब्धि
मानिसको उपलब्धि फरक हुन्छ । समाजमा फरक फरक चरित्रका मान्छेहरु हुन्छन् । कोही मिलनसार, कोही रुखा, कोही मायालु कोही झगडालु । कथामा दुई पात्र छन् । एकले सबैसँग झगडा गरेर शरिरलाई तनाव दिदै रोगी बनेर आफ्नो घर बनायो भने सबैसँग मित्रता गाँसेर आनन्दपूर्वक अर्कोले घर बनायो ।
मन्दिर
‘मन्दिर’ नामको कथा मनोवैज्ञानि कथा हो । यो कथाले सम्बन्ध र समयलाई समातेको छ । क्रान्तिकारी भावना बोकेर मन्दिर, मस्जिद, गुम्बा विहार भत्काएपनि मनभित्र जरा गाडेर बसेको धार्मिक आस्थाले मानिसलाई सजिलोसँग बाँच्न दिदैन । धर्म विरोधी भनिएकाहरूको पनि भित्री मनको इश्वर मरेको हुँदैन । त्यसैले आस्था औषधिभन्दा ठूलो उपचार हो । धर्ममा अडिने मन विलासिता, खान पिन , सुख सुविधामा अडिन सक्दैन । रोग लगाउने पनि मन र सन्चो बनाउने पनि मन । विज्ञानले सन्चो पार्न नसकेको मनलाई मन्दिरले सन्चो पारेको छ । त्यसैले धार्मिक आस्थाका अगाडि राजनीति पनि झुक्छ । यस कथामा कथाकारले बुढेसकालमा श्रीमान् र श्रीमतीको महत्वलाई देखाउन खोजेका छन् ।
ओरालो
‘ओरालो’ गाउँको कथा हो । यस कथामा काम गर्न सक्नेहरुले गाउँ छोडेपनि गाउँ गाउँ जस्तो नभएको कुरा उल्लेख छ । गाउँमा नपाइने सबैचिज शहरमा पाइन्छ । पहिले गाउँ रमाइलो हुन्थ्यो । चाडपर्वका लागि कमाउन ओरालो झरेकाहरू उकालो चढ्थे । चहलपहल बढ्थ्यो । गाउँमा नाँचगान हुन्थ्यो र गाउँको रौनक नै बदलिन्थ्यो तर आजकल बुढाबुढीहरू नै छोराछोरीसँग चाडपर्व मनाउन ओरालो झनु परेको छ । समयसँगसँगै परिस्थिति बदलिएको कुरा यस कथाले उजागर गरेको छ ।

चौतारीको भेट

‘चौतारीको भेट’ शहर पस्ने र गाउँ फर्कनेहरूको कथा हो । यस कथामा कथाकारले चौतारीले संस्कृति बचाएको कुरा गरेका छन् । चौतारीले छुट्टिनेहरुलाई मिलाएको छ । गाउँले जीवनदेखि भागेर शहर पसेकाहरुले आत्मसन्तुष्टिका लागि हिडिरहन्छन् । सुखको खोजीमा भौतारिएकाहरूले स्थायी सुख प्राप्त गर्न सक्दैनन् । यता कि उता सुख छ भन्दै मन बहलाउन घुम्ने बहानामा गाउँतिरै फर्किन्छन् । वनको चरी वनमै रमाउँछ भनेभैm गाउँलाई आफ्नो सर्वस्व सम्झेर बस्नेहरू त्यहि दुनियामा रमाइरहन्छन् । गाउँछन् । नाच्छन् र रमाइलो गर्छन् ।
राहत
‘राहत’ शीर्षकको कथा मानवीय संवेदना बोकेको कथा हो । यस कथामा प्राकृतिक विपत्ति विछोडिएका दम्पत्तीको सुखद संयोग देखाइएको भएतापनि अन्तमा कथा उदेकलाग्दो बनेको छ । सरकारले मृत्युको घोषणा सँगसँगै बाँडेको राहत बाँचेको सुचना पाउने बित्तिकै फिर्ता माग्छन् । मानवीय संवेदना गुमाएर कानुनको रटान गर्नेहरुलाई गतिलो सन्देश दिएको छ यस कथाले ।
त्यसपछि निदाइन बहिनी
‘त्यसपछि निदाइन बहिनी’ नामक कथा भुटानी शरणार्थीसँग जोडिएको कथा हो । यो कथाले आफ्नो अन्नको भण्डार, फलपूmल बगैंचा र घरबास छोडेर भाग्न बाध्य पारिएका बालबालिकाको भोकलाई महत्व दिएको छ । यो कथाभित्र रहेका उपकथा पढ्दा आँखा आपैm रसाउँछन् । कुनै कथा पनि भोकसँग मेल खाने नदेखेकी बहिनीले दादा भोकको कथा छैन भनेको कारुणिक शब्दले जस्तोसुकै पाठक पग्लिन्छन् । यो कथाको मुख्य पात्र भोकको कथा सँगसँगै कहिल्यै नआउने गरी अस्ताउँछिन् । तर शरणार्थीको कथा भने कहिल्यै अन्त नभएको कुरा देखाइएको छ ।
अपरिचित अनुहार
‘अपरिचित अनुहार’ सङ्ग्रहको शीर्ष कथा हो । कृतिको नामकरण यही कथाबाट गरिएको छ । कोशी किनारका बस्तीमा बस्ने माझीहरूको प्रतिनिधि कथा हो । भोक र रोगले सन्तान गुमाएको एक विक्षिप्त बाबु सन्तानको विलापमा आँशु झार्दै कोशी किनारमा पुग्छ । कोशीको छालसँगै उसले अलौकिक दृष्य देख्छ आपूmसँगभन्दा अपरिचित अनुहारमा छोराले देखेको खुशीपन कल्पेर चित्त बुझाउँछ उसले ।
बुढो रुख र जुरेली
‘बुढो रुख र जुरेली’ यो प्राकृतिक दोहनको कथा हो । यस कथामा मान्छेहरूले प्रकृतिमाथि गरेको चरम शोषणको कारण जिवजन्तु र बोटविरुमा परेको असरको बारेमा जुरेलीको मुखबाट बोलिएको छ । यस कथामा जुरेली र बुढो रुखको संवादले प्राकृतिक विनासमाथि सचेत बन्नका लागि सन्देश दिएको छ ।
यो कथा सङ्ग्रहमा केही त्यस्ता शव्द र वाक्यहरूको प्रयोग भएका छन् जुन शव्द र वाक्यहरूले कथाहरू नसम्झेर सुखै हुदैन । यस सङ्ग्रहमा प्रयोग भएका केही शव्द र वाक्यहरूलाई उदाहरणका रुपमा लिन सकिन्छ –
मायाका बातहरू शब्द विनै पनि पोखिन्छन्
– एउटै टोलमा भएर पनि घरहरू टापुजस्ता छन् र मान्छेहरू अन्जानजस्ता
– आवाज दबाउनु सबैभन्दा ठूलो आवाज जन्माउनु पनि हो । आवाज सुकेको दिन जीवन पनि सुक्छ । हामी जीवित छौं किनकी हाम्रा वरिपरि आवाजहरू छन् ।
– बग्नेहरू साथसाथ बगे, उछिट्टिएर बगे, विछोडिएर बगे, टाँसिएर बगे । जातपात सँगसँगै बगे । घर परिवार छिन्नभिन्न बगे ।
– कोही सँगै मर्दैन । सबै आ आफ्नो कर्मको आदेशमा मर्छन् ।
– कानुन र तालिमको कठोरताले र दिनैका युद्ध र अभ्यासले पनि मान्छेभित्रको मान्छेलाई मार्न सक्दैन ।
– लेखिनु र मेटिनु नियति हो । मेटिएपछि फेरि लेखिनु जीवन हो ।
– एक औसत नेपाली जागिरेको सम्पूर्ण जीन्दगी माटो जोड्दा र घर बनाउँदा लगभग बित्छ । आफ्नै घर बने सहर बजारमा सर्दासम्म रोगी बन्छ । आफ्नो घरमा बसेर गर्ने भनेको फगत उपचार र मृत्युवरण हो । आपैmले कमाएर जोडजाड गर्नेहरु करिवकरिव लाश हुँदासम्ममा मात्रै आफ्नो घरमा प्रवेश गर्छन् ।
– उहिले उहिले दशैं घरमा आउँथ्यो । अचेल दशैं परदेशमा जान्छ वा सहर जान्छ । गाउँघरमा बाक्लो अँध्यारो पोतेर ।
–दशैंले बिटुल्याएर गएका घर र समयले एक्ल्याएर हिडेका गाउँले कुनै वृद्धाश्रममा मोक्ष कुरेर बसेका बयोवृद्ध जस्ता देखिन्थे ।

 

प्रकाशित मिति : २०७८ पुस ३ गते शनिबार