कोहलपुरमा ट्राफिक र नेपाल प्रहरीको निःशुल्क स्वास्थ्य परीक्षण



कोहलपुर ।

नेपाल हेल्थ कप्र्स अन्तर्गत नेपालगन्ज मेडिकल कलेज टिम
(एनजिएमसी), एनजिएमसी यूथले आफ्नो विविध कार्यक्रम अन्तर्गत प्रोजेक्ट केयर नाम दिएर एक कार्यक्रम आयोजना गरि जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरको प्राङ्गणमा जिल्लामा कार्यरत ट्राफिक प्रहरी र ईलाका प्रहरी कार्यलय कोहलपुरमा कार्यरत प्रहरीहरुको निशुल्क स्वास्थ परीक्षण गरेको छ ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका नाक, कान, घाँटीका विभागका प्रोफेसर तथा विभागिय प्रमुख डा. डुण्डीराज पौडेल सभापति रहेको कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी बाँकेका निमित्त प्रमुख सिद्धि गणेश शाहको प्रमुख अतिथि तथा आँखा रोग विभागका प्रोफेसर तथा विभागिय प्रमुख डा. नन्दा कुमारी गुरुङ्ग, कम्यिुनिटी मेडिसिन विभागकी ऐसिस्टेन्ट डा. मेरिना श्रेष्ठको आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

मेडिसिन विभागमा कार्यरत डा. चेतन न्यौपाने, नाक, कान, घाँटी विभागमा कार्यरत डा. रबि के.सी, छालारोग विभागमा कार्यरत डा.जेनी थापा, कम्यूनिटी मेडिसिन विभागमा कार्यरत डा. स्वकृती कोइराला र इमरजेन्सी विभागमा कार्यरत डा. देवेन्द्र आचार्यले प्रहरीहरुको स्वास्थ परीक्षण गरेका थिए । कार्यक्रममा करिब ५० जना ट्राफिक प्रहरी र जनपद प्रहरीहरुको आफ्नो स्वास्थ परिक्षण गराएका थिए ।

त्यसैगरि कार्यक्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत इन्र्टन डाक्टरहरु र अध्ययनरत् विद्यार्थीरुले स्वयंवसेवकको रुपमा भूमिका निर्वाह गरेका थिए ।

विशेष गरि मधुमेह, रक्तचाप, नाककान घाँटी, छाला र आँखा सम्बन्धि सम्पूर्ण स्वास्थ परीक्षण गरिनुका साथैं यस स्वास्थ शिविरबाट रिफर भएर नेपालगन्ज मेडिकल कलेजमा स्वास्थ परिक्षण गर्ने प्रहरीहरुलाई स्वास्थ परीक्षणमा ५० प्रतिशत छुटको समेत व्यवस्था गरिएको छ ।

कार्यक्रममा बोल्दै नाक, कान घाँटीका प्रोफेसर तथा विभागिय प्रमुख डा. डुण्डीराज पौडेलले सडकमा जथाभावी हर्न बजाएर ध्वनी प्रदुषर्ण भएकाले त्यसको प्रत्यक्ष असर सडकमा दिनरात खटिने प्रहरीहरु पर्ने र त्यसले प्रहरीहरुको श्रवण शक्तिमा असर गर्ने गर्दछ भन्दै नो हर्नको महत्वबारेमा आफ्नो भनाइ राख्नु भएको थियो साथै बढ्दै गरेको वायू प्रदुषण र हावामा रहेका विषालु तत्वहरुले प्रत्यक्ष रुपमा प्रहरीहरुलाई असर गरिरहेको समेत जानकारी गराएका थिए ।

कार्यक्रम नेपाल हेल्थ कप्र्स अन्तरगर्त नेपालगन्ज मेडिकल कलेज टिम (एनजिएमसी) का एम्बेसेडर डा.रुपक के.सीको सहभागितामा सम्पन्न भएको थियो भने सम्पूर्ण कार्यक्रमको व्यवस्थापन तथा संचालन एनजिएमसी यूथका रेपिड रेस्पोन्स प्रोग्रामका सदस्य तथा एमबिबिएस तेश्रो वर्षमा अध्यनरत विद्यार्थी आशिष पाण्डेको नेतृत्वमा गरिएको थियो ।

यस्ता कार्यक्रमहरु आगामी दिनहरुमा समेत निरन्तरता पाउने एनजिएमसी यूथका सदस्य तथा एनजिएमसी होप्सका सभापति डा. लव कुमार ठाकुरले जानकारी दिए ।

 

  • No tags available
प्रकाशित मिति : २०७८ पुस ३ गते शनिबार