29 April 2024  |   सोमवार, बैशाख १७, २०८१

प्रधानमन्त्रीको शपथ र सात मन्त्रीको नियुक्तिसम्बन्धी रिटको सुनुवाइ प्रधानन्यायाधीशको इजलासमा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, जेष्ठ ४, २०७८  

नेपाल सरकारको पहलमा चीन सरकारबाट सहयोग प्राप्त १८ हजार अक्सिजन सिलिण्डर तातोपानी नाका आइपुगेको छ।                                                               नाकासम्म आइपुगेको अक्सिजन सिलिण्डरलाई काठमाडौं ल्याउने तयारी भइरहेको उपप्रधानमन्त्री तथा सिसिएमसीका संयोजक ईश्वर पोखरेले जानकारी दिए ।

यसअघि चीनबाट ४ सय सिलिण्डर फ्लाइटबाट आइसकेको छ । थप १६ सय अक्सिजन सिलिण्डर फ्लाइटबाट नेपाल आउँदैछ । मस्कटबाट पनि ५६० वटा अक्सिजन सिलिण्डर नेपाल आइसकेको छ ।

कोरोना संक्रमण बढिरहेको र हस्पिटलहरुमा अक्सिजन अभाव भइरहेको सन्दर्भमा सरकारले चीन लगायतका देशबाट अक्सिजन सिलिण्डरसहित स्वास्थ्य सामग्री आयातलाई प्राथमिकतामा राखेको छ ।

हस्पिटलहरुमा अक्सिजन र बेड अभाव हुन नदिन सिसिएमसी संयोजक पोखरेलको नेतृत्वमा सरोकारवालासँग निरन्तर छलफल भइरहेको ईश्वर पोखरेले जानकारी दिए ।

कोरोना संक्रमितको उपचार, उपकरण तथा अस्पतालहरुको व्यवस्थापन र चिकित्सक तथा स्वास्थ्यकर्मीको प्रोत्साहनमा सरकार केन्द्रित रहेको उपप्रधानमन्त्री पोखरेलले बताए ।

प्रकाशित मितिः मङ्लबार, जेष्ठ ४, २०७८     12:07:13 PM  |