15 April 2021  |   बिहिबार, बैशाख २, २०७८

शिव मन्दिरका कारण वार्षिक ४० लाख बढी नोक्सान

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, भदौ १०, २०७४  

कोहलपुर १० भदौ / कोहलपुर नगरपालिका—११ स्थित शिव मन्दिरका कारण कोहलपुर नगर विकास समितिलाई वार्षिक ४० लाख भन्दा बढी नोक्सान भएको पाइएको छ ।
शिव मन्दिरको उत्तर तर्फबाट बाटो ट्रयाक खोल्ने काममा मन्दिर संरक्षण समितिबाट अवरोध भएपछि नेपाल राष्ट्र बैँकले कोहलपुर नगरविकास समितिलाई जग्गा वाफतको ८ करोड ४४ लाख रकम दुई वर्ष भन्दा बढी समय रोकी राखेको छ । सो रकमको वार्षिक व्याज मात्र ४० लाख भन्दा बढी हुन्छ ।
कोहलपुर नगरपालिका —११ स्थित करिब ६ कठ्ठा जग्गामा शिव मन्दिर, मन्दिर भित्र शिव लिङ्ग स्थापित छ भने उत्तरको भागमा आश्रम रहेको छ ।
कोहलपुर नगरविकास समितिको तथ्याङ्क अनुसार २०५४ सालमा सो जग्गा शिव मन्दिर निर्माणार्थ नगरविकास समितिले प्रदान गरेको थियो । शिव मन्दिर निर्माण भएपछि मन्दिरमा हालसम्म भक्तजनहरुले नियमित रुपमा पूजा—पाठ तथा आराधना हुँदै आइरहेको छ ।
तर २०७१ जेष्ठ महिनामा नेपाल राष्ट्र बैंकको क्षेत्रीय कार्यालयलाई कोहलपुर नगरविकास समितिले १७ करोडमा ५ विगाह जग्गा उपलब्ध गराएको थियो ।
राष्ट्र बैंकले जग्गा प्राप्त गरे पश्चात आफ्नो जग्गालाई लेभल मिलाउने र कम्पाउन्ड गर्न भनी जग्गाको क्षेत्राअधिकार छुट्याई त्यसको पूर्व पश्चिम बाटो
खोल्न नगरविकास समितिलाई अनुरोध गरेको थियो ।
नगरविकास समितिले बाटो खोल्न लाग्दा शिव मन्दिरले प्रयोग गरेको उत्तर तर्फको भाग भत्काउन पर्ने भएपछि मन्दिर समितिले बाटो निर्माणमा अवरोध गर्दा बाटो खाल्ने काम रोकिएको तत्कालिन नगरविकास समितिका अध्यक्ष लक्ष्मणराज पौडेलको भनाई छ ।
उता नेपाल राष्ट्र बैंकले १७ करोड मध्ये ८ करोड ४४ लाख रकम नगरविकास समितिले बाटो नखोलिदिएको भन्दै व्याज प्राप्त नहुने र नगरविकास समितिले झिकेर प्रयोग पनि गर्न नमिल्ने गरी खातामा राखिदिएको  थियो । बाटोको ट्रयाक खोलि नेपाल राष्ट्र बैंकलाई नगरविकास समितिले सहमति भएको मिति भित्र जग्गा हस्तातरण नगरेको भन्दै राष्ट्र बैंकले उक्त रकम रोकिदिएको थियो । यस बाट कोहलपुर नगरविकास समितिलाई २ वर्षमा ९० लाख भन्दा बढी व्याज प्राप्त नोक्सानी भएको छ ।
कोहलपुर नगरविकास समितिमा नयाँ अध्यक्षका रुपमा नेकपा माओवादी केन्द्रका अवराज खड्का नियूक्ति भई आएपश्चात केही दिन अघि मात्र सर्वदलिय÷सर्वपक्षीय बैंठक सम्पन्न गरेका छन् । बैंठक पश्चात खड्काले जानकारी गराए अनुसार कोहलपुर नगरपालिकाका प्रमुख र उपप्रमुख सहित सरोकारावाला पक्षको बैंठकबाट सहमति भएको छ । खड्काले भने, ‘शिव मन्दिर हालको शिव मन्दिर रहेको स्थान भन्दा दक्षिण—पूर्वमा ६१ मिटर लम्बाई र ३६ मिटर चौडाईको करिब ७ कठ्ठा जग्गा उपलब्ध गराउने र मन्दिरको संरचना समेत कोहलपुर नगरविकास समितिले बनाइदिने गरी सहमति भएको
छ ।” साथै राष्ट्र बैंकसँग भदौ १५ गते सम्म रोकिएको ८ करोड ४४ लाख रकम निकासा गरिदिने, नगरविकास समितिले रोकिएको बाटोको ट्रयाक खोलिदिने र भदौ महिना भित्र राष्ट्र बैंकले आफ्नो भवन निर्माणको लागि करिब १४ करोडको ग्लोबल टेन्डर समेत गर्ने सहमति भएको समितिका अध्यक्ष खड्काले बताए ।

प्रकाशित मितिः शनिबार, भदौ १०, २०७४     10:37:35 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *