26 July 2021  |   सोमवार, साउन ११, २०७८

हाजिरीजवाफ प्रतियोगीता सम्पन्न

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, जेष्ठ ३०, २०७४  

कोहलपुर, ३० जेष्ठ / कोहलपुर १४ हवल्दारपुरस्थित राम माविमा सोमबार हाजिरीजवाफ प्रतियोगीता सम्पन्न भएको छ । प्रतियोगीतामा समाज सेवा संस्था नेपाल प्रथम भएको छ । त्यस्तै त्रिभुवन मावि कोहलपुर द्वितीय, नमुना विद्या सदन तृतीय र राम मावि सान्त्वना भएको समाज सेवा संस्था नेपाल बाँके महासचिव बिपिन पौडेलले जानकारी दिए ।
प्रतियोगीतामा बिजेताहरुलाई प्रमाणपत्र तथा पुरस्कार वितरण गरिएको थियो । कार्यक्रम बागेश्वरी बहुमुखी पब्लिक क्याम्पसका प्रशासकीय अधिकृत बेदराज लम्साल प्रमुख आतिथ्यता तथा जिल्ला स्तरीय युवा समूह राम मावि अध्यक्ष रमेश जिएमको सभापतित्वमा भएको थियो ।
समाज सेवा संस्था नेपाल र जिल्ला स्तरीय युवा समूह राम माविको संयुक्त आयोजना तथा इन्सेक नेपालगञ्जको सहकार्यमा भएको कार्यक्रमको संचालन समाज सेवा संस्था नेपाल अध्यक्ष बिनोद थापाले संचालन गरेका थिए ।

प्रकाशित मितिः मङ्लबार, जेष्ठ ३०, २०७४     1:10:39 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *