नेपालगन्ज ।
बाँके आल्मुनियम स्टील एण्ड युपिसीसी व्यवसाय संघको तदर्थ समिति गठन गरिएको छ ।
प्रथमपटक आल्मुनियम व्यवसायीहरुको भेटघाट तथा छलफलले जनक पहारी मगरको अध्यक्षतामा शनिबार भएको भेलाले बाँके आल्मुनियम स्टील एण्ड युपिसीसी व्यवसायी संघको तदर्थ समिति गठन गरेको हो ।
भेलाले अध्यक्षमा जनक पहारी मगरसहित ११ सदस्यीय समिति गठन गरेको छ । जसको उपाध्यक्षमा आविद निहाल, सचिवमा रविन पोखरेल, कोषाध्यक्षमा नारायण बुढामगर चयन भएका छन् ।
त्यस्तै सदस्यमा जीवन पौडेल, राजेश यादव, तेजबहादुर बोहोरा, अशोक गुरुङ, शमशाद शेष, उमेश प्याकुरेल, छोटू अली कशगढ़ छन् । नविन शर्मा, कृष्णप्रसाद पोखरेल, वसन्त बोहोरा, विकल श्रेष्ठ र शिशिर श्रेष्ठलाई सल्लाहकारमा चयन गरिएको छ ।
उक्त समितिले छिट्टै विधान तयार पारेर संस्था दर्ता गर्ने र बाँकेमा रही आल्मुनियमसम्बन्धी काम गरिरहेका सम्पूर्ण आल्मुनियम व्यवसायीहरुलाई ऐक्यबद्धता गराउने उद्देश्यले तदर्थ समिति गठन गरेको अध्यक्ष जगर बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्