एन प्याब्सनमा आलोपालो अध्यक्षको सहमती



नेपालगन्ज ।

नेसनल प्याब्सनमा पाण्डव हमाल र सुवास न्यौपानेबीच आधाआधा कार्यकाल अध्यक्ष बन्ने सहमतिसहित नेपालगन्ज महाधिवेशन सकिएको छ ।

सुरुवातको १८ महिना हमालले अध्यक्ष भएर काम गर्ने र त्यसपछिको कार्यकालमा न्यौपाने अध्यक्ष बन्ने सहमति भएको छ । पहिलो १८ महिनामा न्यौपानेलाई सहअध्यक्षका जिम्मेवारी दिइएको छ । न्यौपाने अध्यक्ष बन्दा हमाल सहअध्यष हुने छन् ।

सोमबार अबेर रातिसम्म चलेको महाधिवेशनको बन्दसत्रमा उक्त सहमति जुटेको हो । नेसनल प्याब्सनको आगामी कार्यकालका ११ उपाध्यक्ष पनि सर्वसम्मत चयन भएका छन् ।

चयन भएका उपाध्यक्षमा यामबहादुर खड्का, श्याम सिंह मौनी, शुबोधकुमार डाँगी, शम्भु अधिकारी, डम्बर कार्की, कमलबहादुर सिंह, प्रवोध प्रभाकर रिजाल, जयबहादुर श्रेष्ठ, तिलकबहादुर चौहान, ब्रजेश मिश्र र यासीबा रहमान छन् । यसैगरि महासचिवमा पारसमणि दाहाल, उपमहासचिवमा प्रकाशचन्द्र खड्का र कुसुम रानाभाट चयन भएका छन् ।

यस्तै केन्द्रीय सचिवमा कृष्णकुमार उप्रेति, धर्मराज रेग्मी, कृष्णप्रसाद पौडेल, राजु रोकाय, सुशील भट्टराई, विष्णुप्रसाद पराजुली, राजेन्द्रकुमार गुरुङ, राजनकुमार छाराङ, अलि महमद अन्सारी र राजु पाण्डे चयन भएका छन् । कोषाध्यक्षमा प्रतापबहादुर थापा, सहकोषाध्यक्षमा विक्रम ढुकुछु चयन भएका छन् भने सदस्यमा चुडामणि बुढाथोकी, प्रकाशकुमार शर्मा, दिपक भट्ट, भीमबहादुर बुढाथोकी, कृष्णप्रसाद घिमिरे, बालकृष्ण तिवारी, शरद भण्डारी चयन भएका छन् ।

सदस्यमै बाँकेका बामदेव न्यौपाने, तेजराज खनाल, सत्येशबहादुर चन्द, रामबहादुर थापा, शन्त तामाङ, सञ्जिव राई, मनोजकुमार श्रेष्ठ, सुमनकुमार चौधरी, बालकृष्ण शर्मा, देवप्रकाश राई, गोविन्दबहादुर खड्का, काशीनाथ कोइराला, विकेश महर्जन, रामप्रसाद अधिकारी, सुरेश महतो, सागरकुमार खड्का सर्वसम्मतरुपमा चयन भएका प्रमुख निर्वाचन अधिकृत प्रहलादबहादुर कार्कीले जानकारी दिए । प्याब्सनको विधानमा केन्द्रीय समितिले पाँच सदस्यपछि मनोनित गर्ने व्यवस्था छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ फागुन २५ गते बुधबार