20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

विद्यालयलाई १५ लाख सहयोग

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, जेष्ठ २०, २०७४  

सुर्खेत २० जेष्ठ / पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिका नयाँ गाउँका रहेको एक विद्यालयको भवन निर्माणको लागि पूर्व सैनिकले १५ लाख रुपैयाँ सहयोग गरेका छन् । गुर्भाकोटका स्थानीय भूपू व्रिटिस आर्मी दीपेन्द्र थापाको १५ लाख रुपैयाँ र स्थानीय बासिन्दाले श्रमदान गरी १७ लाखको लागतमा ३ कोठे भूकम्प प्रतिरोधात्मक भवन निर्माण भएको छ ।

त्यसैगरी खानेपानीको एक कोठे भवन निर्माण पनि वैशाख मशान्तमा सकिएको विद्यालयले जनाएको छ । २०३४ सालदेखि सञ्चालित उक्त विद्यालय भवन जीर्ण भएका कारण पानी चुहिने समस्या थियो । नयाँ भवन जीर्ण भएपछि पठनपाठनमा समस्या भएपछि नयाँ भवन निर्माण गरिएको विद्यालयले जनाएको छ ।
विद्यालयको भवन र खानेपानी भवन निर्माण गरी विद्यालयको अति आवश्यक समस्या समाधान भएको विद्यालले जनाएको छ ।

प्रकाशित मितिः शनिबार, जेष्ठ २०, २०७४     11:50:29 AM  |