2 October 2023  |   मङ्लबार, अशोज १६, २०८०

चप्परगौडीमा माओवादीको चुनावी सभा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, जेष्ठ १२, २०७४  

कोहलपुर, १२ जेष्ठ /  कोहलपुर–१२ चप्परगौडीमा माओवादी केन्द्रले बिहीबार चुनावी सभा गरेको छ । सभाको अवसरमा अन्य पार्टी परित्याग गरी बसन्त चौधरीको नेतृत्वमा दर्जन बढी प्रवेश गराइएको माओवादी केन्द्र कोहलपुर नगरकमिटीले जनाएको छ ।
नवप्रवेशीलाई कोहलपुर नगरपालिकाका मेयर पदका उम्मेदवार नरेन्द्र न्यौपाने, उपमेयरका उम्मेदवार देवी चौधरी, माओवादी नेता नरेन्द्र पाण्डे, वडा नं. १२ का वडा अध्यक्षका उम्मेदवार दशरथ पराजुली, माओवादी नेतृ सावित्रा पुन लगायतले अविर लगाएर स्वागत गरेको माओवादी केन्द्र कोहलपुर नगर अध्यक्ष तेज प्रसाद चापागाँईले जानकारी दिए ।
सभालाई सम्बोधन गर्दै मेयर पदका उम्मेदवार नरेन्द्र न्यौपानेले युवा शक्ति नै परिवर्तनका सम्वाहक भएकाले युवाको नेतृत्व अपरिहार्य रहेको बताएका थिए ।

प्रकाशित मितिः शुक्रबार, जेष्ठ १२, २०७४     12:39:34 PM  |