24 September 2023  |   सोमवार, अशोज ८, २०८०

रु. १० फिर्ता

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, बैशाख २४, २०७४  

कोहलपुर, २४ बैशाख  / नेपाल खानेपानी संस्थान शाखा कार्यालय नेपालगन्जले एक महिलाको १० रुपैंया फिर्ता गरेको छ । गत बुधबार नेपालगन्जका १ का मुन्नीदेवी बनेनीले सूचना माग गर्न जादा खानेपानी कार्यालय कर्मचारीले निवेदन दस्तुर वापत लिएको १० रुपैंया फिर्ता गरेको हो ।

सूचनाको हक सम्बन्धी ऐन २०६४ अनुसार निवेदन पेश गर्ने क्रममा सूचना दस्तुर भन्दै रु. १० को रसिद कार्यालयका कर्मचारीले काटेका थिए । दस्तुर लिएर पनि सूचना उपलब्ध नगराएपछि मुन्नीदेवीले सूचनाको हकका क्षेत्रमा क्रियाशिल संस्था सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष अधिवक्ता विश्वजित तिवारीको पहलमा जिल्ला प्रशासन कार्यालय समक्ष ठाडो उजुरी दिएकी थिइन् ।
प्रमुख जिल्ला अधिकारी रविलाल पन्थको लिखित आदेशमा रकम फिर्ता गरि माग भएको सूचना उपलब्ध गराइएको छ । सूचना माग गर्दा कानून अनुसार कुनैपनि दस्तुर नलाग्ने जानकारी हुँदाहँुदै पनि सो रकम लिएपछि सूचना मागकर्ता स्थानीय बनेनीले सूचनाको हक कार्यान्वयनका लागि जिल्ला तहमा रहेको जिल्ला प्रशासन कार्यालयसमक्ष ठाडो उजुरी दिएपछि प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले तत्काल सो कार्यालयको नाममा पत्र लेखी दस्तुर वापतको रकम र माग गरिएका सूचना तत्काल उपलब्ध गराउन आदेश दिएका थिए ।

प्रकाशित मितिः आइतवार, बैशाख २४, २०७४     11:54:21 AM  |