मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, बैशाख २२, २०७४
कोहलपुर, २२ बैशाख / नेपालगन्ज उप–महानगरपालिका वडा नंं. ४ का स्थानीय युवाहरुले सरसफाई कार्यक्रम गरेका छन् ।
नेपालगन्जको गणेशपुर बसपार्क वाइपास रोड नजिकबाट सुरुवात गरेको सरसफाई कार्यक्रम बसपार्क रोड, वाइपास रोड, गणेशपुर रोड हँदै सल्लायानी बगलासम्म पुगेका थिए । सरसफाई अभियानमा राप्रपाका युवा नेता डाक्टर धवल शम्सेर राणाले झाडु लगाएर उद्घाटन गरेको सरसफाई कार्यक्रममा स्थानीय युवाको उल्लेख्य मात्रामा सहभागिता रहेको थियो । राप्रपा निकट नेपाल युवक संगठनका नगर अध्यक्ष हुकुम केसीको संयोजकत्वमा भएको सरसफाईमा स्थानीय युवा, बुद्धिजिवी, नागरिक समाज, राजनीतिक दलका प्रतिनिधी लगायतको सहभागिता रहेको थियो ।