24 September 2023  |   आइतवार, अशोज ७, २०८०

भारतीय सुरक्षा अधिकारीसँग छलफल

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, बैशाख १०, २०७४  

कोहलपुर, १० बैशाख / बाँके जिल्लाको राप्तीपारी बघौडा क्षेत्र अन्तर्गत भारतसंग सीमा जोडिएका भारतीय सुरक्षा अधिकारीसँग स्थानीय तह निर्वाचनका सन्दर्भमा यहाँका सुरक्षा अधिकारीहरुले छलफल गरेका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थको नेतृत्वमा सो क्षेत्रको सुरक्षाको अवस्था र निर्वाचन तयारी व्यवस्थापन अनुगमनका लागि त्यहाँ पुगेको टोलीले निर्वाचनमा दुई पक्षबीच आपसी सुरक्षा समन्वय र सहयोगका विषयमा छलफल गरेको हो ।
भारतीय सुरक्षा अधिकारीहरुले आप्mनो तर्पmबाट आवश्यक सबै प्रकारको सुरक्षा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको प्रजिअ पन्थको भनाइ छ । यसैगरी, टोलीले सो क्षेत्रको सोनारी र नरैनापुर गाउँपालिका अन्तर्गत रहेका प्रहरी चौकीका प्रमुख, निर्वाचन अधिकृतसंग पनि सुरक्षा र निर्वाचनको तयारीका विषयमा जानकारी लिएको थियो ।
जिल्ला प्रहरी प्रमुख टेकप्रसाद राई, नेपाली सेनाका प्रमुख सेनानी विश्वराज कोइराला, निर्वाचन अधिकृतद्वय माधव शर्मा र सुरेन्द्र पौडेल समेत रहेको टोलीले त्यस क्षेत्रका मतदातासंग सम्वाद गर्नुका साथै निर्वाचन शिक्षा, निर्वाचन प्रचार प्रसार लगायतका विषयमा पनि जानकारी लिएको थियो ।

प्रकाशित मितिः आइतवार, बैशाख १०, २०७४     2:09:18 PM  |