20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

हवल्दापुरमा स्वास्थ्य शिविर

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, चैत्र १८, २०७३  

कोहलपुर, १८ चैत्र / सम्शेरगञ्ज हवल्दारपुरमा बिहीबार संचालित बृहत स्वास्थ्य शिविरमा साढे चार सय जना लाभान्वित भएका छन् । समाज सेवा संस्था नेपाल बाँके र सम्शेरगंज स्वास्थ्य चौकीको संयुक्त आयोजनामा भएको स्वास्थ्य शिविरमा आँखा, कान र स्त्री रोगहरुको परीक्षण गरिएको  थियो ।
आँखा जाँच २३३ जनाले गराएका थिए । जसमध्ये ६५ जना अप्रेशनका लागि फत्तेवाल आँखा अस्पताल रिफर गरिएको समाज सेवा संस्था नेपाल बाँके अध्यक्ष बिनोद थापाले जानकारी दिए ।
त्यस्तै १७७ जनाले कान जाँच गराएका छन् भने ३९ जनाले स्त्री रोगको जाँच गराएका थिए । सामुदायिक कार्यक्रम अधिकृत उमर सादीक नेतृत्वको टोलीले आँखा जाँच गरेको थियो । ब्रिनोज कान स्याहार प्रमुख पुरन चौधरीको टोलीले कान र स्त्रीरोग विशेषज्ञ कुमार शान शाह नेतृत्वको टोलीले स्त्रीरोगको जाँच गरेको आयोजकले जनाएको छ ।

प्रकाशित मितिः शुक्रबार, चैत्र १८, २०७३     12:39:54 PM  |