कोहलपुर, ६ चैत्र / कोहलपुर १ कौशिलानगरस्थित ब्राइटलाइट एकेडेमीले कोहलपुरमा शनिबार एक दिने अभिभावक शिक्षा अभिमुखिकरण तालिम सम्पन्न गरेको छ ।
कार्यक्रममा एन प्याब्सनका केन्द्रिय सदस्य कुसुम रानाभाट, ब्राईटलाईट एकेडेमी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खुम बहादुर डाँगी, संस्थापक निर्देशक गोविन्द चौधरी लगायत उल्लेख्य मात्रामा अभिभावकहरुको उपस्थिति थियो ।
कार्यक्रममा प्रशिक्षक डिआर दाहालले अभिभावकहरुलाई प्रशिक्षण दिएका थिए । उनले अभिभावकहरुलाई बालमनोविज्ञानका बारेमा परामर्श दिएका हुन् । उनले अभिभावकहरुले बालबालिकासँग गर्नुपर्ने व्यवहारका बारेमा प्रशिक्षण दिए ।
साथै विद्यालयलले शिक्षक तालिम, विद्यार्थी तालिम लगायतका कार्यक्रमहरु पनि चाँडै संचालनमा ल्याउने जनाएको छ ।
ब्राइटलाइट एकेडेमीका प्रिन्सिपल मित्रलाल वलीको सभापतित्वमा भएको कार्यक्रमको संचालन सन्त छन्त्यालले गरेका थिए ।
मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, चैत्र ६, २०७३