19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

मध्यवर्ती व्यवस्थापन समितिमा खड्का

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, फाल्गुन २४, २०७३  

कोहलपुर, २४  फागुन  /  बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र ब्यवस्थापन समितिको अध्यक्षमा राजकोट मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका अध्यक्ष गेहेन्द्र कुमार खड्का निर्वाचित भएका छन् । कोहलपुर मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका अध्यक्ष सावित्रा पुन र राजकोट मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका अध्यक्ष गेहेन्द्र कुमार खड्का बीच निर्वाचन भएको थियो । खड्काले ५ मत र पुनले ४ मत प्राप्त गरेका थिए ।
सर्वसम्मतको लामो प्रयास भएपनि सहमति नभएपछि निर्वाचन गराई समिति गठन गरिएको निकुञ्जले जनाएको छ । ब्यवस्थापन समितिमा निकुञ्जको प्रमुख संरक्षण अधिकृत सदस्य सचिव रहने व्यवस्था छ । मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका अध्यक्षहरु स्वतः ब्यवस्थापन समितिको सदस्य रहने ब्यवस्था रहेको छ । बाँके राष्ट्रिय निकुञ्ज अन्तरगत ७२ वटा समुह र ९ वटा मध्यवर्ती क्षेत्र उपभोक्ता समिति रहेका छन् ।

प्रकाशित मितिः मङ्लबार, फाल्गुन २४, २०७३     1:24:54 PM  |