कोहलपुर, १२ फागुन /सरकारले संविधान संशोधनलाई थाँती राख्दै स्थानीय निकाय निर्वाचनको मिति घोषणा गरेको विरोधमा संयुŒाm लोकतान्त्रिक मधेसी मोर्चाले नेपालगन्जमा बुधबार बिहान जुलुस प्रदर्शन गरेको छ ।
मन्त्री परिषद्को सोमबार साँझ बसेको बैठकले आगामी बैशाख ३१ गते स्थानीय निकायको निर्वाचन गर्ने घोषणा गरेको विरोधमा मोर्चाले बुधबार बिहान केहीबेर धम्बोझी चोक स्थित चक्का जाम गरेका हुन् । बाँकेका अन्य ठाउँमा भने बन्दको कुनै प्रभाव परेन ।
मोर्चाका कार्यकर्ताले नगरमा मसाल जुलुससंगै सरकारले गरेको निर्णयको विरोधमा नाराबाजी समेत गरेका थिए ।
प्रकाशित मिति : २०७३ फागुन १२ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्