24 September 2023  |   सोमवार, अशोज ८, २०८०

गाविस सचिवहरुको धर्ना

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, माघ २५, २०७३  


कोहलपुर, २४ माघ/ बिभिन्न ५ बुँदे माग राख्दै बाँकेका गाविस सचिबहरुले जिल्ला विकास समिति बाँकेमा धर्ना दिएका छन् । गाविस सचिव हकहित संरक्षण केन्द्र नेपालको संयोजनको बाँकेका गाबिस सचिबहरु आन्दोलीत भएका हुन् ।

सरकारले बिगतमा दिँदै आएको प्रोत्साहान भत्ता निरन्तरता गर्नुपर्ने,प्रदेश सेवामा खटाउँदा एक तह बढुवा बढााउनुपर्ने, गाबिस सचिवलाई सरुवा भई अन्यत्र जानलाई लगाईएको प्रतिबन्धको फुकुवा हुनुपर्ने लगाएतका माग राखी आन्दोलन गरिएको गाविस सचिवहरुले बताएका छन् ।

गत १९ गते देखि आन्दोलनमा शुरु गरेका सचिवहरु आफ्ना मागहरु पूरा नहुन्जेल सम्म आफनो आन्दोलन नरोकिने गाविस सचिव हक हित संरक्षण केन्द्र बाँकेका अध्यक्ष उत्तम सिंह सोडीले बताए । लामो समय देखि गाविस सचिवहरु जिविसमा आएर आन्दोलनमा उत्रिएपछि सेवाग्राहीहरु प्रभावित भएका छन् । जसका कारण नागरिकताको सिफारिस, विवाह दर्ता, जन्मदर्ता लगायतका कामकाज रोकिएका छन् ।

प्रकाशित मितिः मङ्लबार, माघ २५, २०७३     12:21:47 PM  |