मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, अशोज २३, २०७३
नेपालगञ्ज २३ असोज ।
बाँके सितापुर २ सिगाउँका कृषक गेहनालाल मुराउ तोरीको साग बेचेरै दशै मनाउने भएका छन । ६ विगाह क्षेत्रफलमा टमाटर खेती गर्ने मुराउले २ विगाहमा टमाटर सगै तोरीको साग लगाएर दोव्वर नाफा गर्नु भएको छ ।
तोरीको साग बेचेरै उहाँले ७० हजार आम्दानी गरीसक्नुभएको छ । अहिले उहाँको बारीमा तोरीको साग उत्पादन भइसकेपछि साग लिन व्यापारीहरु घरमै पुग्ने गरेका छन । तोरीको साग बाट राम्रो आम्दानी भएपछि दशै यसैबाट मनाउन लागेको उहाँ बताउनुहुन्छ ।
हिजो आज कृषक मुराउले दिनहु ६ , ७ जनालाई त तोरीको साग टिप्न रोजगारी दिनुभएको छ ।