तीलक गाउँले
कोहलपुर, असार २४
नेपालगन्ज उप–महानगरपालीकाको सुर्खेत रोड सडक खण्डमा जडान गरिएको सौर्य बत्ती प्रभावकारी बन्दै गैरहेको छ । लोडसेडिङ्गका बेला पनि झलमल बत्ती बलेपछी नेपालगन्जबासीहरु हर्षित भएका छन् । नेपाल सरकारले देशका मुख्य मुख्य शहरहरुमा सौर्य बत्ती जडान गर्ने निर्णय गरेसंगै नेपालगन्जमा पनि सौर्य बत्ती जडान गरिएको हो । नेपालगन्जको गणेशमान चोक देखि पुष्पलाल चोक सम्म सौर्य बत्ती जडान गर्ने निर्णय भएपनि अहिले बिपी चोक देखि पुष्पलाल चोक सम्म मात्रै सौर्य बत्ती जडान गरिएको छ । बैकल्पीक उर्जा प्रबद्र्धन केन्द्रको सहयोगमा ७३ लाख बजेटमा सुर्खेतरोडमा सौर्य बत्ती जडान गरिएको नेपालगन्ज उपमहानगरपालीका कार्यकारी अधिकृत हेमराज भ्ुषालले जानकारी दिए ।
सुर्खेतरोडमा सौर्य सडक बत्ती जडान भएपछी लोडसेडिङ्गका बेला पनि नेपालगन्जबासीहरुलाई अन्धकारमा बस्नुपर्ने बाध्यता टरेको छ । सौर्यबत्ती जडान भएसंगै नेपालगन्जको सौन्दर्य समेत बढेको छ । सडकमा सौर्य बत्ती बलेपछी स्थानीय समेत खुसी भएका छन् । दिनहुँको लोडसेडिङ्गमा सौर्य बत्ती बल्नु निकै सह्रानीय काम भएको स्थानीयहरु बताउँछन् । नेपालगन्जको बिपी चोक देखि पुष्पलाल चोक सम्म सौर्य बत्ती जडान गरेर रातीको शमयमा बल्न समेत थालेको छ । सौर्य बत्तीका कारण सुर्खेतरोड भएर यात्रा गर्ने यात्रुहरुलाइ समेत सजीलो भएको छ । यसैबीच नेपालगन्ज उपमहानगरपालीकाका कार्यकारी अधिकृत हेमराज भुषालले सुर्खेतरोडमा जडान गरिएको सौर्यबत्ती सफल भए नेपालगन्जको बसपार्क तथा अन्य सडकहरुमा पनि जडान गरिने जानकारी
दिए ।