20 April 2021  |   मङ्लबार, बैशाख ७, २०७८

कविता

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, असार ११, २०७३  

तिमी जस्तै बिरामी छु

– प्रज्जवल शर्मा

यो देश
जहाँ अस्पतालभित्र
स्वयं डाक्टरहरु बिरामी छन्
मन्दिरभित्र भगवानहरु बिरामी छन्
पेट बोकेका आमाहरु
र यात्री बोकेका सडकहरु बिरामी छन्
प्रयोग नभएर कारखाना र नदीहरु बिरामी छन्
नैतिकता र पाखुराहरु बिरामी छन्
खोला बिरामी छ
सौन्दर्य बिरामी छ
बिचारको आकाश
र पहाडहरु बिरामी छन् ।

निषेधको महामारी सल्केर
संसद भवन र सत्ता बिरामी छ
अविश्वासको लत लागेर
शान्ति र न्याय बिरामी छ
पाठक नपाएर पुस्तक
र पानी नपाएर खेत बिरामी छ ।

देश,
हो म तिमी जस्तै बिरामी छु
कोहलपुर मा.वि.

प्रकाशित मितिः शनिबार, असार ११, २०७३     8:18:57 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *