कोहलपुर, जेठ २७
मुस्लिम समूदायको पवित्र महिना रमजानका अवसरमा आर्थिक रुपमा अति विपन्न नेपालगञ्जका ४ सय ५० परिवारलाई आज एक कार्यक्रमका वीच खाद्यान्न वितरण गरिएको छ ।
डियाना तुर्कीको आर्थिक सहयोगमा इस्लामी संघ नेपाल बाँके शाखाको साझेदरीमा प्रति परिवार ५ हजार बराबरको खाद्यान्न वितरण गरिएको इस्लामी संघका अञ्चल संयोजक उबेदुर रहमान खानले बताउनुभयो ।
चामल, पिठो, तेल, सेवई, दाल, चिनी, नुन, चना लगायतका खाद्यान्न उपलब्ध गराइएको हो ।
प्रकाशित मिति : २०७३ जेठ २७ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्