26 April 2024  |   शनिबार, बैशाख १५, २०८१

पाँच किलो अफिमसहित लागू औषध कारोबारी पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, जेष्ठ १२, २०७३  

पाँच किलो अफिमसहित लागू औषध कारोबारी पक्राउ

 नेपालगञ्ज १२ जेठ

प्रहरीले नेपालगन्ज-५ बसपार्कस्थित एक होटलबाट-५ किलोग्राम लागुऔषध अफिमसहित एक जना पक्राउ गरेको छ।
क्षेत्रीय अनुसन्धान समुह नेपालगन्जबाट खटिएको प्रहरी टोली मंगलबार राती नेपालगन्ज-५ स्थित न्यु नेपाल गेष्ट हाउटको कोठ न २०५ बाट रुकुम स्यालाखदी-९ निबासी विकास बाबु विएमलाई अफिम सहित पक्राउ गरिएको हो।
लागु औषध अफिमको कारोबार भइरहेको भन्ने सुचनाको आधारमा सो होटलमा पुगेको प्रहरी टोलीले अफिम सहित विएमलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
लागु औषध कारोबारी विएमलाई हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरिक्षक भिम किरण बोगटिले जानकारी दिए।

प्रकाशित मितिः बुधबार, जेष्ठ १२, २०७३     4:50:55 PM  |