
लसुन : दाँत दुखाइको पीडा न्यून गर्न लसुन एउटा आयुर्वेदिक औषधि हो । लसुनमा हुने एलिसिन नामक तत्वले दाँतको पीडा निको पार्छ । दाँत दुखेको ठाउँमा लसुनको पेस्ट लगाउँदा दुखाई कम गर्छ ।
ल्वाङको तेल : ल्वाङको तेलमा एन्टिब्याक्टेरियल तत्व हुने भएकाले दुखाइ कम गर्छ । तेलमा हुने इयुजेनोल नामक तत्वले दाँतको संक्रमण कम गर्छ । कटनमा दुई–तीन थोपा तेल मिसाएर दुखेको ठाउँमा लगाउँदा दुखाई कम गर्छ ।
बेसार : बेसारमा हुने एन्टिब्याक्टेरियल तत्वले दुखाई कम गर्छ । आधा चम्चा बेसारमा केही थोपा पानी मिसाएर दाँत दुखेको ठाउँमा लगाउँदा दुखाई कम हुन्छ ।
काँक्रो : काँक्रोमा दुखाई शान्त पार्ने तत्व हुने भएकाले दाँत दुखाईमा यो उपयोगी हुने आयुर्वेदमा उल्लेख छ । काँक्रोको गुदी दुखेको ठाउँमा राख्दा वा काँक्रो खाँदा दुखाई कम गर्छ ।
अशोक वृक्षको बोक्रा : अशोक वृक्षको बोक्राको धुलो पिसेर दुखेको ठाउँमा लगाउँदा दुखाई कम हुन्छ ।
त्रिफला : हर्रो, बर्रो अमलाको धुलोलाई तातो पानीमा मिसाएर मुख कुल्ला गर्दा दाँत दुखेको कमा हुन्छ । यसले दाँत कुहिनबाट पनि बचाउँछ ।
तुलसी पात : त्यसो त तुलसीको पातका फाइदाका बारेमा आर्युवेदमा धेरै वर्णन गरिएको पाइन्छ । तुलसीको पातलाई तोरीको तेलमा मिसाएर दुखेको ठाउँमा लगाउँदा दुखाई कम गर्छ ।
अदुवा : धेरै रोगको उपचारमा प्रयोग हुने अदुवा दाँतको दुखाई कम गर्न पनि प्रयोग गरिन्छ । अदुवालाई थिचेर दुखेको भागमा लगाउँदा यसले दुखाई कम गर्छ ।
अम्बाको पात : अम्बाको पातलाई पेस्ट बनाएर दुखेको ठाउँमा लगाउँदा दाँतको दुखाई कम गर्छ ।
तेल दल्ने : सस्र्युँ, नरिवल र सूर्यमुखीको तेल मिसाएर दाँत दुखेको ठाउँमा मिसाइ १० देखि १५ मिनेटसम्म दुखेको ठाउँमा राख्ने । त्यसपछि मनतातो पानीले कुल्ला गर्ने । दाँतको दुखाई कम हुन्छ ।
हिङ : हिङलाई विभिन्न खानेकुरामा प्रयोग गरिन्छ । हिङमा हुने एन्टिव्याक्टेरियल तत्वले दाँतको दुखाई कम गर्छ ।
पुदिनाको पात : पुदिनाको पात चबाउँदा पनि दाँतको दुखाई कम हुन्छ । पुदिनामा हुने तत्वले दुखाईलाई शान्त पार्छ ।
गहुको पात : गहुँको हरियो पात पिसेर दुखेको ठाउँमा लगाउँदा दुखाई कम गर्छ ।
आलु : आलुको टुक्रालाई पातलो पार्ने र दुखेको ठाउँमा राख्दा शान्त पार्छ ।
प्रतिक्रिया दिनुहोस्