मध्यपश्चिमलाई कार्कीले ग¥यो जर्सी सहयोग



कोहलपुर, जेठ १०
कोहलपुर ११ उज्यालो बजारस्थित कार्की पुस्तक पसलले जर्सी सहयोग गरेको छ । एक कार्यक्रमको आयोजना गर्दै पसलले मध्यपश्चिम क्रिकेट क्लबलाई २० वटा जर्सी सहयोग गरेको हो । पुस्तक पसलका संचालक आकाश कार्कीले मध्यपश्चिम क्रिकेट क्लबका कप्तान नितेश विष्टलाई जर्सी हस्तान्तरण गरेका हुन् ।
जर्सी हस्तान्तरण गर्दै वाईसिएल कोहलपुर नगरकमिटी अध्यक्ष समेत रहेका आकाश कार्कीले क्रिकेट खेल विकासका लागि आफूले सहयोग गरेको बताए । क्लबका कार्यवाहक अध्यक्ष संगिन शर्माले केही दिनमा नै गर्न लागेको प्रतियोगितामा यसैगरी सबैले सहयोग गर्नका लागि आग्रह समेत गरे ।

  • No tags available
प्रकाशित मिति : २०७३ जेठ १० गते सोमबार