16 April 2024  |   मङ्लबार, बैशाख ४, २०८१

गर्मी छल्न पेय पदार्थ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, बैशाख १४, २०७३  

रामबहादुर रावत
कोहलपुर, बैशाख १४
कोहलपुर २ का सागर न्यौपानेलाई उखुको जुस बेच्न भ्याई नभ्याई हुन्छ । बिहान देखि साँझ सम्म उनकोमा उखुको जुस पिउनेको भिड हुन्छ । गर्मीयाम शुरुभएसँगै उनी कोहलपुर गोलपार्कमा उखु पेल्ने गर्दछन् । जहाँ मानिसहरु गर्मी छल्नका लागि उखुको रस पिउन आउने गर्छन् ।
‘बिहानै देखि चिसो खान आउनेहरुको भिड हुन्छ, अत्याधिक गर्मीका कारण धेरै मानिसहरु उखुको जुस पिउन आउने गर्छन’ उनले भने ‘उपभोक्ताको माग थेग्न मुस्किल भइरहेको छ ।’
टिकापुर देखि उखु ल्याउने गरेको बताउँदै ग्राहकको माग अनुसार उखुको जुस पु¥याउन नसकेको उनी बताउँछन् । टिकापुरबाट ५ क्विन्टलका दरले उखु ल्याउने गर्दछन् । सो उखु ५–६ दिनमै सिद्धिने गरेको उनी बताउँछन् । वर्षको करिब ४ महिना उखु जुसको व्यापार गर्ने न्यौपानेको दिनमा चारहजार सम्मको व्यापार हुन्छ ।
गर्मीयाममा उखुको जुसको व्यापार गर्ने उनी अन्य महिनामा कृषि पेशा गर्छन् । विगत चार वर्ष देखि उनी गर्मियाममा यो व्यापार गर्र्दै आएका छन् ।
चर्को गर्मी बढेसँगै चिसो पेय पदार्थ पिउनेहरुको संख्या ह्वात्तै बढेको छ । साथसाथै चिसो पेयपदार्थ विक्री गर्नेहरु पनि बढेका छन् । नेपालकै गर्मी हुने स्थान भनेर चिनिने बाँकेमा अत्यधिक गर्मीका कारण सर्वसाधारण आजित हुने गरेका छन् । गर्मी छल्नकै लागि भएपनि सबैको पहिलो रोजाई चिसो पेय पदार्थ हुने गरेको छ ।
दिनमा ३ हजार बढी आइसक्रिमको व्यापार हुने गरेको भारत राजस्थान घर भइ कोहलपुर न्यूरोडमा आइसक्रिमको व्यापार गर्दै आएका राजु गुजर
बताउँछन् । ‘गर्मीयाम शुरु भएपछि नेपालमा आएर आइसक्रिम बेचेर राम्रै कमाई हुने गरेको छ’ उनले भने । गर्मीयाम सकिए लगत्तै उनी भारत जाने गर्दछन् । गर्मीयाममा आईसक्रिमको व्यापार गर्न नेपाल आउने उनी भारतमा गाडी चलाउँछन् ।
गाडी चलाउनु भन्दा गर्मीयाममा आइसक्रिम बेच्दा फाइदा हुने भएपछि उनले गर्मीयाममा आइसक्रिम बेच्न थालेका हुन् ।
गर्मी बढेसँगै उखुको जुस, आइसक्रिम, बरफ, कुल्फी कोक, फेन्टा लगायतका पेय पदार्थको व्यापार बढेको छ ।

प्रकाशित मितिः मङ्लबार, बैशाख १४, २०७३     8:58:47 AM  |