25 April 2024  |   बिहिबार, बैशाख १३, २०८१

दिनमा १० घन्टा बढी सुत्नेलाई डिप्रेसन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, बैशाख ६, २०७३  

Sleeping-Womanएजेन्सी– कम मात्रै सुत्नु स्वास्थ्यका लागि हानिकारक हो भन्ने धेरैले थाहा पाएकै कुरा  हो । तर, धेरै सुत्नु पनि स्वास्थ्यका लागि फाइदाजनक हुँदैन । के तपाई लामो समय बेडमै खर्चिने गर्नु भएको छ ? एउटा पछिल्लो अध्ययनलाई विश्वास गर्ने हो भने यो डिप्रेसन र चिन्ताको लक्षण हो त्यो । इन्सोमेनिया अर्थात निन्द्रा असन्तुलन डिप्रेसनको संकेत भएको विज्ञहरुले बताइरहेका बेला धेरैबेर सुत्नु डिप्रेसनको अर्को कडा लक्षण हो ।
विश्वमा झन्डै ३० प्रतिशत जनसंख्या असन्तुलित निन्द्राबाट पीडित भइरहेकै बेला लामो समयको सुताइलाई हामीले नजर अन्दाज गरी  थकानलाई दोष दिन्छौं । शरिरलाई फूर्तिलो राख्न ७ घन्टा सुत्न अनिवार्य छ । तर, हामी दैनिक १० घन्टा भन्दा बढी सुत्यौं भने त्यसले कमजोर बनाउँछ । आलस्यता बढाउँछ र डिप्रेसनको खतरा पनि उत्तिकै बढ्ने गर्छ ।
पब्लिक लाइब्रे्ी अफ साइन्स (पीएलओएस) ले हालै गरेको एक अध्ययमा अत्याधुनिक सुत्नु दीर्घ रोगसँग भन्दा पनि मानसिक असन्तुलन र उच्च बोडी मास इन्डेक्स (बीएमआइ) को लक्षण हो ।
बेलायतमा गरिएको यस अध्ययनमा १५ देखि ८५ वर्षका करिब २४ हजार ६७१ सहभागी रहेका थिए । उनीहरुको पूरा सुत्ने समयलाई ‘लामो सुत्ने’ र ‘छोटो अवधि सुत्न’ भनि वर्गीकृत गरिएको थियो । अध्ययनमा औषत व्यक्ति ७ घन्टा १३ मिनेट सुत्ने गरेको पाइएको थियो । तर, ६ सय १२ अर्थात् २ दशमलब ७ प्रतिशत भने दिनमा १० घन्टा बढी सुतेको पाइएको थियो ।
दैनिक ७ घन्टा भन्दा न्यून सुत्नलाई दीर्घ रोग भएको पाइयो भने लामो समय सुत्ने मानिसमा मानसिक समस्या देखिएको थियो । लामो समय सुत्ने मानिसमा डिप्रेसनको दर बढी थियो । उनीहरुको अतितमा पीडादायी घटना धेरै घटेका थिए ।
डिप्रेसनका बिरामी निन्द्रा नलाग्दा पनि जतिखेर ओछ्यानमा ढलेको (डाइसेनिया) चिकित्सकलाई बताएका थिए । त्यस्तै डिप्रेसन नभएका तर जतिखेर पनि झुमलिरहने समस्या पनि उनीहरुमा देखिएको थियो । सुताईले ज्ञान र मनोवैज्ञानिक पक्रियामा महत्वपूर्ण भूमिका खेल्छ । मानिसको सुत्ने शैलीले स्वास्थ्य र सम्पन्नतालाई दर्शाउछ । तसर्थ बारम्बार आलस्य र निन्द्राले शरिर झुमेमा चिकित्सकको सल्लाह लिने पनि अध्ययनले सुझाब दिएको छ ।

प्रकाशित मितिः सोमवार, बैशाख ६, २०७३     9:09:12 AM  |