कोहलपुर : बाँकेको राप्तीसोनारी गाउँपालिकामा डान्स एकेडेमी सञ्चालनमा आएको छ । नृत्य तथा कलाकारिता क्षेत्रमा रुचि भएकाहरुलाई शिक्षण तथा मोडलिङ सिकाउने उद्देश्यले गाउँपालिका मै पहिलोपटक कला केन्द्र औपचारिक रुपमा सञ्चालनमा आएको हो । शनिबार एक कार्यक्रमका बीच उक्त केन्द्रको औपचारिक उद्घाटन गरिएको थियो ।
एक कार्यक्रमका बीच गायक विश्व सागर परियारको छोरी निशा परियारले सो कला केन्द्रको रिवन काटेर उद्घाटन गरेकी थिइन् । गायक परियारले राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३ उज्यालो बजारमा केन्द्र स्थापना गरेका हुन् । त्यसको नाम बि.एस.पी डान्स एकेडेमी राखिएको छ । उक्त अवसरमा बोल्दै उनले राप्तीसोनारी मै कलाकारिता सम्बन्धि सम्पूर्ण काम गरिने बताएका छन् । कला केन्द्रमा हिपप, बिबोइङ, झेउरे, थारु डान्स सिकाइनेछ । विभिन्न समुदायका सांस्कृति झल्कने नृत्यहरु सिकाइने डान्स डाइरेक्टर सन्दिप बिसीले बताए ।
उनका अनुसार राप्तीसोनारीमा भएका प्रतिभाहरुलाई उजागर गर्ने र कला संस्कृतिको संरक्षण गर्ने उद्देश्य रहेको छ । कला केन्द्रमा उत्कृष्ट नृत्य प्रशिक्षार्थीलाई स्टेज कार्यक्रम, म्युजिक भिडियोको अवसर प्रदान गरिने डान्स डाइरेक्टर बिसीको भनाइ छ ।
नृत्य सिक्न चाहने तर आर्थिक कमजोरी भएका तथा पिछडिएका समुदायलाई नि ः शुल्क नृत्य सिकाइने बताइएको छ । गायक परियारले आफ्नो क्षेत्रको कला क्षेत्रको उजागर गर्नको लागि आफूहरु लागिपरेको बताएका छन् । आफू सानैदेखि थारु बस्तिमा बसोबास गर्दै आएको भन्दै गायक परियारले थारु समुदायको थारु गित संगितमा आफ्नो छुट्टै नाम कमाउन सफल गायक परियर अब आफ्नै कला केन्द्रबाट कलाकार उत्पादन गर्ने जानकारी दिएका छन् । केन्द्रको स्थापनासँगै स्थानीय स्तरमा रहेका कलाकारहरु जन्मने र संस्कृतिको उजागर हुने विश्वास गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्