ट्याक्टर दुर्घटनामा परी एकको मृत्यु, दुई घाइते



कोहलपुर, चैत्र २९
बाँकेको नौवस्ता गाविस वडा नं. ७ मा ट्याक्टर दुर्घटनामा परी एकको मृत्यु भएको छ । मृत्यु हुनेमा कोहलपुर नगरपालिका वडा नं. ११ का १६ वर्षिय हरि राँजी रहेका छन् । चिसापानी देखि कोहलपुर आउँदै गरेको भे १ च २५५६ नम्बरका ट्याक्टर दुर्घटनामा परी अन्य दुई जना घाइते भएका छन् । घाइते हुनेमा कोहलपुर नगरपालिका वडा नं. ११का नविन चौधरी र विनोद चौधरी रहेका छन् । घाइतेको नेपालगञ्ज मेडिकल शिक्षण अस्पताल कोहलपुरमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७२ चैत २९ गते सोमबार