कोहलपुर, चैत्र २१
कालोबजारी, महंगी, भ्रष्ट्राचारीहरुविरुद्ध कोहलपुरमा आज संयुक्त विद्यार्थी संगठनले प्रदर्शन गरेका छन् । भारतले गरेको नाकाबन्दी खुलीसक्दा पनि कालोबजारी माफियाहरुले दैनिक उपभोग्य वस्तुमा कालोबजारी गरेको तथा सामानको मुल्यमा भारी वृद्धि गरेको भन्दै विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् । बिहान बागेश्वरी क्याम्पस गेट अगाडि राजमार्गमा करिब आधा घण्टा प्रदर्शन गरेका हुन् । विद्यार्थीको केन्द्रिय निर्देशनअनुसार आज कोहलपुरमा प्रदर्शन गरिएको हो । प्रदर्शन पछि भएको कोणसभामा अनेरास्ववियू बाँके जिल्ला सचिव टेकेन्द्र मल्ल, अखिल क्रान्तिकारी बाँके उपाध्यक्ष राजेन्द्र विष्ट लगायतले सम्बोधन गरेका थिए । कोणसभाको संचालन अनेरास्ववियू बागेश्वरी क्याम्पस कमिटी कार्यवाहक अध्यक्ष गोविन्द आचार्यले गरेका थिए ।
प्रकाशित मिति : २०७२ चैत २१ गते आइतबार
प्रतिक्रिया दिनुहोस्