2 October 2023  |   मङ्लबार, अशोज १६, २०८०

महासंघको साधारणसभा चैत्र अन्तिममा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, चैत्र १८, २०७२  

कोहलपुर, चैत्र १८
नेपाल पत्रकार महासंघ बाँकेले आगामी चैत्र ३० गतेका दिन साधारण सभा गर्ने निर्णय गरेको छ । शाखा अध्यक्ष रुद्र सुबेदीको अध्यक्षतामा बसेको बैठकले चैत्र ३० गतेका दिन साधारण सभा गर्ने निर्णय गरेको हो ।
बैठकले नयाँ सदस्यताका लागि चैत्र २० गते देखि बैशाख १० गते सम्म आवेदन खुल्ला गर्ने निर्णय गरेको छ । साथै बैठकले नेपाल पत्रकार महासंघ बाँकेमा आबद्ध सम्पुर्ण सदस्यहरुलाइ बैशाख २८ गते भित्र अनिवार्य रुपमा सदस्यता नबिकरणका लागी आब्हान गरेको छ ।
तोकिएको मितिमा सदस्यता नविकरण नगरेकोे खण्डमा नेपाल पत्रकार महासंघको बिधान अनुसार अगाडि बढ्ने समेत बैठकले निर्णय लिएको छ ।

प्रकाशित मितिः बिहिबार, चैत्र १८, २०७२     1:18:46 PM  |