20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

बाँके निकुञ्जमा पाटे बाघको गणना

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, चैत्र १७, २०७२  

केशव राना

 

tiger

क्याप्सनः बाँके निकुञ्जमा २ फेब्रुअरी २०१५ मध्यान्ह १२ बजे देखिएको पाटे बाघ । तस्वीर सौजन्य: बाँके राष्ट्रिय निकुञ्ज 

बाँके राष्ट्रिय निकुञ्जमा पाटेबाघको गणना शुरु भएको छ ।निकुञ्जका सुतैया–ओभरी, ओभरी–शिवखोला र कम्दी जैविकमार्ग गरी ३ वटा ब्लकमा विभाजन गरेर क्यामरा ट्रयापिङ्ग मार्फत गणना शुरु गरिएको हो ।

१६ चैतबाट शुरु भएको पाटे बाघको गणना ५ जेठमा सम्पन्न हुने बाँके निकुञ्जका सूचना अधिकारी रबिन चौधरीले जानकारी दिए ।

एउटा ब्लकमा बाघको गणना गर्न कम्तीमा पनि १८ दिने लाग्ने उनले बताए ।

अहिले पहिलो ब्लक सूतैया–ओभरीमा बाघ गणना शुरु गरिएको छ । जसमा ७० वटा ग्रिडमा ८० जोडा क्यामरा जडान गरिएको छ ।
बाघको शरीरमा भएको ‘स्ट्राइप प्याटर्न’ का आधारमा बाघको पहिचान गरिने सूचना अधिकारी चौधरीले बताए ।

साथै निकुञ्जले पाटे बाघको गणनासँगै आहारजन्य प्रजातीको पनि अनुगमन गरिने जनाएको छ ।

गतवर्ष सन् २०१५ मा गरिएको गणनामा २ ओटा भाले र ४ वटा पोथी गरी ६ वटा पाटेबाघ क्यामरा ट्रयापिङ्गमा परेको निकुञ्जले जनाएको छ ।

प्रकाशित मितिः बुधबार, चैत्र १७, २०७२     6:01:00 PM  |