कोहलपुर, चैत्र १५
आगामी चैत्र १८ गते देखी हुन लागेको एसएलसी परिक्षाको तयारी बाँकेमा पुरा भएको छ । परिक्षाका लागी आवश्यक उत्तरपुस्तिका तथा आवश्यक सामाग्रीहरु हरेक परिक्ष केन्द्रमा पठाइ सकिएको जिल्ला शिक्षा कार्यालय बाँकेले जनाएको छ ।
जिल्ला शिक्षा कार्यालय बाँकेका अनुसार यस वर्ष एसएलसी प्रबेशीका परिक्षामा ९ हजार ५ सय ९५ जनाले एसएलसी परिक्षा दिने भएका छन । जसअनुसार ४ हजार ५ सय ४५ छात्र रहेका छन भने ५ हजार ५० जना छात्रा रहेका छन । जसमा ७ हजार २ सय १७ जना नियमीत र २ हजार ३ सय ७८ एक्जाम्टेड तर्फ रहेका छन ।
बाँकेमा एसएलसी परिक्षाका लागी जिल्ला भर ३१ ओटा परिक्षा केन्द्र तोकीएको र परिक्षाको सबै तयारी पुरा भएको जिल्ला शिक्षा अधिकारी भिम प्रसाद साउदले जानकारी दिए ।
बाँकेमा गत वर्षको तुलनामा ३ सय ६५ जना परिक्षार्थि बढेको पाइएको छ । यो वर्ष देखी एसएलसीमा ग्रेडिङ्ग सिस्टम लागु गरिएका कारण विद्यार्थिहरुको संख्या बढेको अनुमान गरिएको छ । परिक्षालाइ म¥यादिन बनाउनका लागी ३१ ओटै परिक्षा केन्द्रमा केन्द्राध्यक्ष समेत नियुक्ति गरिएको जिल्ला शिक्षा अधिकारी साउदले बताए ।
त्यस्तै यस वर्ष बाँकेबाट २२५ जनाले खुल्ला तर्फबाट परिक्षा दिँदैछन भने दृष्टिबिहीन र मुक्त कम्लहरीहरु समेत एसएलसी परिक्षामा सहभागी भएका छन ।
प्रकाशित मिति : २०७२ चैत १५ गते सोमबार
प्रतिक्रिया दिनुहोस्