‘फिरफिरे’ पढेर प्रतिक्रिया दिनुहोला ः बुद्विसागर



 

कोहलपुर, चैत्र १५
उपन्यासकार बुद्विसागरले भखरै बजारका ल्याएको ‘फिरफिरे’ उपन्यास अध्यान गरी प्रतिक्रिया दिन कोहलपुरका पाठकहरुलाई आग्रह गरेका
छन् । कार्यक्रममा उपन्यास फिरफिरेका बारेमा बुद्विसागरसँग सहभागीहरुले अन्तरक्रिया गरेका थिए भने ‘फिरफिरे’का बारेमा जानकारी गराएका थिए । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानले आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा उनले कृतिका बारेमा अध्यान गर्ने जिम्मा पाठकहरुलाई नै दिएका छन् ।
त्यस्तै उनले आफ्नो पहिलो उपन्यास ‘कर्नाली ब्लुज’को विषयवस्तु, पत्रहरुको चरित्र, घटना परिवेश, शब्द चयनका बारेमा पाठकहरु सँग अन्तक्रिया गरेका थिए । ‘कर्नाली ब्लुज’ उपन्यासको सुरुवाति नेपालगञ्ज मडिकल शिक्षण अस्पताल कोहलपुरबाट गरिएको छ भने फिरफिरेमा पनि बाँकेलाई समेटिएको छ ।
कार्यक्रममा बोल्दै साहित्य एक समाजका वास्तविकतालाई कलात्मक तरिकाले प्रस्तुत गर्ने माध्यम भएको उनले बताए । ‘फर्केर जीवन बाँच्नका लागि साहित्यक एक माध्यम हो’ उनले भने ‘साहित्य लेख्न धेरै विषयवस्तु थाहा हुनुपर्छ ।’ आख्यान क्षेत्रमा पछिल्लो समय साहित्यकारहरु बढी आर्कषीत भएको र आख्यानले नै गर्दा व्यसायीक साहित्य सुरु भएको उनले बताए । उनले आफ्नो पहिलो उपन्यास ‘कर्नाली ब्लुज’को सफलता पछि ‘फिरफिरे’बजारमा ल्याएका हुन् ।
पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष महानन्द ढकालको अध्यक्षतामा भएको अन्तरक्रिया एवम् पुस्तक हस्ताक्षर कार्यक्रममा पूर्णिमा साहित्य प्रतिष्ठानका सल्लाहाकार सागर गैरे, प्राध्यापक तथा साहित्यकार पुस्कर रिजाल लगायतको उपस्थिति रहेको
थियो । कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव कपिल अञ्जानले गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७२ चैत १५ गते सोमबार