26 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

कोहलपुरमा कृषि यान्त्रीकरण प्रदर्शनी 

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, फाल्गुन २४, २०७२  

कोहलपुरमा कृषि
यान्त्रीकरण प्रदर्शनी शुरु
कोहलपुर्, फागुन २४
बाँकेको कोहलपुरमा आइतबारबाट दोश्रो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी शुरु भएको छ । पाँचदिने प्रदर्शनीको कृषि मन्त्री हरिबोल गजुरेलले उद्घाटन गरे । उद्घाटन गर्दै मन्त्री गजुरेलले कृषीलाई आधुनिकिकरण तथा व्यवसायीक बनाउन यान्त्रीकरण गर्नु आवश्यक रहेको बताएका छन् ।
कृषिमा चाहेजस्तो प्रतिफल लिन नसकेको भन्दै मन्त्री गजुरेलले कृषी यान्त्रीकरणका बारेमा कृषकहरुलाई धेरै भन्दा धेरै जानकारी दिन आवश्यक रहेको औल्याए ।
‘कृषिलाई प्राथमिकतामा राखेपनि चाहेजति उपलब्धि हासिल हुन सकेको छैन’ उनले भने ‘कृषकहरुलाई यान्त्रीकरणका बारेमा जानकारी दिनसके देशको अर्थतन्त्रले ठूलो फड्को मार्नेछ ।’
कृषि विकास मन्त्रालय, कृषि इन्जिनियरिङ्ग निर्देशनालय र नेपाल कृषि मेशिनरी व्यवसायी संघको संयुक्त आयोजनामा प्रदर्शनी शुरु भएको हो । प्रदर्शनीमा यन्त्रहरुका १५० स्टलहरु रहेका छन् । करिब ४५ जिल्लाका ५० हजार बढी अवलोकनकर्ताहरुलाई अवलोकन गराउने लक्ष्य राखिएको आयोजक जनाएको छ ।
प्रदर्शनीमा ठूला कृषि औजारहरुको बुकिङ्ग गरिने तथा साना औजारहरु खरिद गर्न पनि सकिने नेपाल कृषि मेशिनरी व्यवसायी संघ अध्यक्ष स्वयम्भुकृष्ण श्रेष्ठले जानकारी दिए । स्टल निःशुल्क राखिने र अवलोकन पनि निःशुल्कै रुपमा राखिएको आयोजकले जनाएको छ ।
कृषीयन्त्र उपकरणहरु तथा सेवाको आन्तरिक बजार प्रवद्र्धनमा योगदान पु¥याउने, कृषि यान्त्रिकरण प्रवद्र्धनमा सहयोग पु¥याउने, लगानीमा अवसर सिर्जना हुने, व्यवसायीक चेतना अभिवृद्धि गर्ने लगायतका उद्देश्य राखिएक

प्रकाशित मितिः सोमवार, फाल्गुन २४, २०७२     12:34:15 PM  |