कोहलपुर, फागुन २३
बाँकेको बनकटवा स्थित भेरी फ्युचर स्टार इ.मि. स्कुलमा प्रावि स्तरिय हाजिरिजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा लिटिल फ्लावर एकेडेमी टिटिरिया प्रथम, सरस्वती इ.मि. स्कुल टिटिरिया द्वितीय, मेरी माउन्ट एकेडेममी टिटिरिया तृतीय र हिमालय विद्या निकेतन सान्तोना भएका छन् । जसको प्रथम हुनेलाई नौ सय, द्वितीयलाई छ सय, तृतीयलाई तीन सय र अन्य सहभागिताहरुलाई प्रमाण पत्र सहित पुरष्कृत गरिएको थियो । प्रभात उच्च मा.वि. श्रोत केन्द्रका १४ वटा संस्थागत विद्यालयहरुले प्रतियोगितामा सहभागिता जनाएका थिए ।
कार्यक्रममा बोल्दै सहायक जिल्ला शिक्षा अधिकारी गोरख बहादुर थापाले बालबालिकाहरुको चौतर्फि विकासका लागि अतिरिक्त क्रियाकलाप गर्नु पर्नेमा जोड दिए । ‘समाजमा उत्कृष्ट जीवनयापनका लागि यस्ता कार्यक्रमको आयोजन गर्नु पर्छ’ उनले भने ‘अब राज्यले पनि विद्यार्थीको अन्तरिक क्षमता विकासका लागि विशेष कार्यक्रममा ल्याउनु पर्छ ।’ प्रतियोगितामा सहभागि जनाउने सम्पुर्ण विद्यार्थीलाई बधाइ ज्ञापन गर्दै यस्ता खालका कार्यक्रमले विद्यार्थीको शैक्षिक विकासमा सहयोग पुग्ने थापाले बताए ।
त्यस्तै यस्ता कार्यक्रमले विद्यार्थी भित्र लुकेर बसेका शैक्षिक क्षमता प्रद्र्वशनि गर्ने अवसर प्राप्त हुने प्रभात उच्च मा.वि. श्रोत केन्द्रका श्रोतव्यक्ति टंकनाथ दाहालले बताए ।
प्रभात उच्च मा.वि. श्रोत केन्द्रको आयोजनामा सम्पन्न भएको कार्यक्रमको सहकार्य स्थित भेरी फ्युचर स्टार इ.मि. स्कुल बनकटुवाले गरेको थियो ।
प्रकाशित मिति : २०७२ फागुन २३ गते आइतबार
प्रतिक्रिया दिनुहोस्