काहेलपुर, फागुन १३
बाँकेमा जारी अन्तर विद्यालय स्तरिय जिविस कप क्रिकेट प्रतियोगितामा शान्ती विद्या निकेतन नेपालगन्ज र एबिसि रेसिडेन्टल सेमिफाईनल प्रवेश गरेका छन् । विहिवार भएको पहिलो खेलमा शान्तीले भेरी विद्या निकेतन मावि लाई ५ विकेटले पराजित गरेको छ । टस जितेर पहिला ब्याटिङ गरेको भेरीले २० ओभरमा ९ विकेट गुमाँदै एक स ३२ रन बनाएको थियो उसका लागि सुलर्भ श्रेष्ठले ४३,रिसब कुवँरले २५ र अर्जुन खत्रीले १८ रनको योगदान गरेका थिए । खेलमा शानतीका रोहित सिंहले तीन तथा रोहित थापाले १ विकेट लिएका थिए । एक सय ३३ रनको लक्ष्य पछाएको शान्तीले १७ ओभर ३ बलमा ५ विकेट गुमाएर विजयी लक्ष्य भेटाएको थियो । उसका लागि रोहित थापाले ४२ शरबहादुर सारुले ३५ र दिपेश आरसीले १९ रनको योगदान दिएका थिए । खेलमा भेरीका बलर सुलर्भ श्रेष्ठले तीन र सरोज रानाले एक विकेट लिएको बाँके जिल्ला क्रिकेट संघका अध्यक्ष दुर्गाबहादुर थापा मगरले जानकारी दिए । त्यस्तै दोस्रो खेलमा महेन्द्र नमुना उच्च माविलाई ६ विकेटले पराजित गर्दै एविसी रेसिडेन्टल बिजयी भएको छ । खेलमा टस जितेर पहिला ब्याटिङ गरेको महेन्द्रले १२.२ ओभरमा सबै विकेट गुमाएर ९४ रन बनाएको थियो । वाफी ब्याटिङमा आएकोे एविसीले १२.३ ओभरविजय लक्ष्य भेटाएको हो । शुक्रवार भने प्रतियोगिताका कुनै पनि खेल नहुने भएको छ । क्रिकेट संघका अध्यक्ष दुर्गाबहादुर थापा मगरका अनुसार,शुक्रवार शिक्षक लाइसेन्स परीक्षाका कारण खेल रोकनु परेको हो । शनिवार बाट भने प्रतियोगितालाई निरन्तरता दिइने थापाले बताउनुभयो । शनिवारको क्वाटर फाईनल खेलमा युनाईटेड र आईडिएल पब्लिक उच्च मावि, तथा आईतवारको खेलमा होलील्यान्ड र गोर्खा पब्लिक उच्च मावि विच खेल हुने अध्यक्ष थापाले बताउनुभयो । बाँके जिल्ला क्रिकेट संघको आयोजना जिल्ला विकास समिति बाँकेको सहयोगमा भईरहेको प्रतियोगितामा जिल्लाका २० विद्यालयको सहभागिता रहेकोछ ।
प्रतिक्रिया दिनुहोस्