25 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

नेपालगन्ज पसलमा आगलागी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, फाल्गुन १०, २०७२  

नेपालगन्ज, फागुन १०–
इलेक्ट्रोनिक पसलमा आगो लाग्दा आधा करोड रुपैयाँबढी क्षति भएको छ । स्थानीय बासिन्दाका अनुसार नेपालगन्ज–२ घरबारीटोलस्थित राजभण्डारी इलेक्ट्रोनिक पसलमा सोमबार बिहान ३ बजेतिर आगलागी भएको हो ।

बिद्युत सट् भएर लागेको आगोबाट पसलमा रहेका टिभी, फ्रिज, मोबाईल, घडी लगायतका इलेक्ट्रोनिक सामान पुर्ण रुपमा जलेको छ । ‘पसलमा रहेको कुनैपनि सामान झिक्न पाएनौं, सबै जलेर नष्ट भयो,’ पसल सञ्चालक विकाश राजभण्डारीलाई उद्धृत गर्दै स्थानीय व्यवसायी बिमल ढकालले भने ।

समयमै दमकल, प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा करिव २ घण्टापछि आगो नियन्त्रणमा आएको उनले जानकारी दिए । ‘समयमै दमकल पुगेका कारण वरपरका पसल र मानविय क्षति हुन पाएन,’ ढकालले भने । वडा प्रहरी कार्यालय नेपालगन्जका ईन्चार्ज, प्रहरी निरिक्षक रामबहादुर चन्दले आगलागिबाट करिव ५२ लाख रुपैयाँ बराबरको क्षति पुगेको बताएका छन् ।

प्रकाशित मितिः सोमवार, फाल्गुन १०, २०७२     6:49:09 PM  |