26 April 2024  |   शनिबार, बैशाख १५, २०८१

बाँके काँग्रेसको निर्वाचन भोली

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, फाल्गुन ६, २०७२  

कोहलपुर, फागुन ६

नेपाली कांग्रेस बाँकेको सभापति चयनका लागि भोलि पुनः निर्वाचन हुँदैछ । यसअघि माघ २५ गते भएको निर्वाचनमा कसैको पनि बहुमत नपुगेपछि धेरै मत ल्याउने दुई जनाका बीचमा भोलि फेरि निर्वाचन हुन लागेको हो । सभापतिका लागि किरण कोइराला र निरञ्जनसिंह सिंजापतिबीच प्रतिष्पर्धा हुन लागेको हो । निर्वाचन मुखैमा आईपुग्दा दुबै उम्मेदवारलाई आप्mनो पक्षमा माहोल बनाउन भ्याई नभ्याई छ । दुवै उम्मेदवारले कार्यकर्तालाई आप्mनो पक्षमा ल्याउन कसरत गरिरहेका छन् । जिल्लाका बरिष्ठ र कनिष्ठ नेताहरु समेत धुब्रीकृत बन्दै आप्mनो समूहलाई मजबुत् बनाउने रणनीतिमै व्यस्त छन् । दुबै जना संस्थापन पक्षकै उम्मेदवार भएपनि जिल्लाका नेता कार्यकताहरु धुब्रीकृत भएका हुन् ।

प्रकाशित मितिः बिहिबार, फाल्गुन ६, २०७२     5:28:03 PM  |