2 October 2023  |   मङ्लबार, अशोज १६, २०८०

दुबै मृगौला फेल भएकालाई एकलाख सहयोग

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, माघ २०, २०७२  

केशव राना

माघ २०
नमस्ते नेपाल हातेमालो समाजिक संस्थाले दुबै मृगौला खराब भएका बिरामीलाई एकलाख बढी सहयोग रकम हस्तान्तरण गरेको छ । विदेशमा बस्दै आएका नेपालीहरुको परोपकारी संस्था नमस्ते नेपालले २० माघमा बाँकेको कोहलपुरमा कैलाली घोडाघोडी १ सुख्खडका ५५ वर्षिय प्रेमलाल जैसीलाई सहयोग रकम हस्तान्तरण गरेको हो ।

12660402_919298998191392_783913095_n
जैसी डेढवर्षदेखि मृगौला पीडित छन् । उनको दुबै मृगौला खराब छ । उनी डायलोसिस गर्नकै लागि भनेर एक वर्षदेखि कोहलपुर होटलमा बस्दै आएका छन् । हप्तामा २ पटक डायलोसिस गर्दै आएका छन् । उपचारका क्रममा हालसम्म १० लाख बढी खर्च भएको उनका जेठा छोरा हेमराज जैसीले जानकारी दिए ।
नमस्ते नेपालमा विभिन्न देशमा बसोबास गर्ने नेपालीहरु आवद्ध रहेको केन्द्रीय सदस्य अम्मर खड्काले बताए । दैवीप्रकोप पीडित, विपन्न बिरामी, गरिब लगायतलाई संस्थाले सहयोग गर्दै आएको उनले बताए ।

प्रकाशित मितिः बुधबार, माघ २०, २०७२     3:50:01 PM  |