केरा खेतिमा गुभो मर्ने समस्या



कोहलपुर, माघ २०
बाँके सितापुरमा लगाइएको केरा खेतिमा गुभो मर्ने समस्या देखा परेको छ । ८ विगाह क्षेत्रफलमा लगाइएको व्यवसायिक केरा खेतिमा गुभो मर्ने समस्या देखा परेपछि कृषक चिन्तीत बनेका
छन् ।
ेकेरामा ७० प्रतिशत नोक्सानी पुगेको जिल्ला कृषि विकास कार्यलय बाँकेले जनाएको छ । सितापुरका कृषक क्षत्र विसीले ५ विगाह र मालती खड्काले ३ विगाह क्षेत्रफलमा लागाएको व्यवसायिक केरा खेतिमा यस्तो समस्या देखापरेपछि रोगि केराको बोटलाई थप अनुसन्धानका लागि काठमाडौ ल्याबमा पठाईएको जिल्ला कृषि विकास कार्यलय बाँकेका कृषि प्रसार अधिकृत धन बहादुर पुनले जानकारी दिनुभयो ।
गत असाढमा लगाइएको केराखेतीमा व्यक्ट्रेरियल हुन सक्ने कृषि विज्ञले अनुमान गरेका छन । ल्यावमा जचाउन पठाईएको केराको रिर्पोट आउन १० ÷१२ दिन लाग्ने र पुर्ण रुपमा ठिक हुन ३÷४ महिना लाग्ने कृषि कार्यलयले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७२ माघ २० गते बुधबार