दुई महिला कैदीले एसएलसी दिने



कोहलपुर, माघ २०
नेपालगञ्ज कारागारमा रहेका २ जना महिला कैदीले यस वर्ष प्रवेशीका परीक्षा दिने भएका
छन् । नेपाल सरकार गृहमन्त्रालय कारागार व्यवस्थापन विभाग कारागार कार्यालय नेपालगञ्ज बाँकेमा रहेका ५ सय ६७ कैदी बन्दी मध्ये २ जना महिला कैदीले प्रवेशीका परिक्षा दिने भएको कारागार प्राथमिक विद्यालय नेपालगञ्जकी शिक्षिका गोमा पोख्रेलले जानकारी दिइन् ।
कारागारमा रहेका कैदीबन्दी मध्ये महिला ५० जना मध्ये २ जना युवतीले प्रवेशीका परीक्षा एल.एस.सी. दिने भएका हुन् । लागु औषध ओसार परास र कर्तब्य ज्यानका सजाय भोगिरहेका उनीहरुले आफ्नो पढाईलाई निरन्तरता दिने भन्दै प्रवेशीका परीक्षामा सहभागिता जनाउने बताए ।
हाल नेपालगञ्ज कारागारमा ५० जना महिला कैदीबन्दी र ५ सय १७ जना पुरुष कैदीबन्दी गरी जम्मा ५ सय ६७ जना कैदीबन्दी रहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७२ माघ २० गते बुधबार